कला

तिमीबाहेक को थियो र

गीत

एनवी दाहाल

 

पहाडभन्दा अग्ली छयौ अरूले होची देखे पनि,

व्यवहारमा पक्का छ्यौ अरूले फुच्ची देखे पनि।

सुनको कुरा गरिरहन्छ्यौ अनि जूनको कुरा पनि,

मनको कुरा गरिरहन्छ्यौ अनि उमंगको कुरा पनि।

बारम्बार भन्छ्यौ तिमी साथी छोडी आउ मसँगै,

बहाना गर्छ्यौ तिमी मलाई किन हिंड्नु तिमीसँगै?

अँध्यारो रातको एकान्तमा मबाहेक को थियो र तिमीसँग?

शून्यताको एक्लो परिवेशमा तिमीबाहेक को थियो र मसँग?

        –कमला गाउँपालिका – तोपगाछी, दाहाल गाउँ,झापा।

प्रकाशित: १३ आश्विन २०७८ ०४:३१ बुधबार

अक्षर