कला

सक्कली नमस्कार

लघुकथा

खगेन्द्र बस्याल

घरमा आएका पाहुनालाई सबैले आदतापूर्वक नमस्कार गरे।

केही क्षणपछि उनले श्रीमती एवं छोराछोरीलाई मुस्कुराउँदै सोधे, ‘चिन्छौ उहाँ  को हुनुहुन्छ?’

सबैले भने, ‘पहिलोपटक देख्देछौं। जो भए पनि हाम्रो घरको  आदरणीय व्यक्ति हुनुहुन्छ। यसैले नमस्कार गरेका हौँ ।’

उनले भने, ‘अस्ति मैले भनेको थिएँ नि, आज मेरो साथीले अरू कसैले नआँटेको  अवस्थामा भिरबाट पहिरोमा अड्केको बालकको जोखिम मोलेर ज्यान बचाए। त्यो उहाँ नै हुनुहुन्छ।’

त्यसपछि पुनः उठेर सबैले झुकेर उनलाई नमस्कार गरे।

त्यो देखिरहेका एक छिमेकीले भने, ‘यसरी पुनः गरिएको नमस्कार पो सक्कली नमस्कार लाग्यो।’

प्रकाशित: १२ आश्विन २०७८ ०८:२१ मंगलबार

अक्षर