कला

बग्न थाल्यो कलकल भई पिरतीको धारो

चिरञ्जीवी ढकाल  

         १) मुक्तक

थाहै नपाई मन मेरो, तिमीतिर लर्क्यो  दुर्गा,

गर्माएर  हिमशिला, पानी बनेर दर्क्यो दुर्गा।

हाँस्ने रहर मरेझैं थ्यो, एकान्तमा टोलाउथें,

आज तिम्रो आगमनले,शैयाबाट फर्क्यो दुर्गा।

          २) मुक्तक

हिजोसम्म कम्ता थिएन, जिउनलाई गाह्रो,

धन्नै  जिरोमा  पुगेको  थियोे, रहरको पारो।

आयौ तिमी उज्यालो भो, यो मनको मझेरीमा,

बग्न थाल्यो कलकल भई, पिरतीको धारो।

         ३) मुक्तक

नपढेर जीवनमा, खाएको थें मार,

खै कसरी लाग्ला सोच्थेँ जीवन यो पार।

निरास थें जिन्दगीमा, बाँच्नै थियो गाह्रो,

सन्जोगले  भेटे दुर्गा, धान्ने  व्ययभार।

         ४) मुक्तक

कसम खाएर भन्छु,साँच्चै माया बस्न थाल्यो,

घरिघरि सम्झनाले, मनलाई डस्न थाल्यो।

घोच्न थाल्छ एकान्तमा, तिमीबिना खै केले हो?

पलभर टाढा हुँदा,तप्प आँसु खस्न थाल्यो।                     

प्रकाशित: ४ आश्विन २०७८ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App