कला

रचना शर्माका छेस्काहरू

छेस्का

रचना शर्मा  

 १)

फुलेको फूल

नटिप्नु पर्थ्यो

गरेछौ भूल!

२)

उक्लियो डाँडा

बुढेसकाल

सबैको काँडा।

  ३)

एकान्त बास

सप्रेको मुसो

बिल्लीको गाँस।

  ४)

थुप्रै छन् नेता  

छेपारो रूप

काला र सेता।

   ५)

बढ्दो प्रकोप

कोरोना भय

दुर्लभ खोप।

 ६)

निशाना जालो

टलक्कै टल्क्यो

मनमा कालो।

७)

पैंचोको पालो

अन्न सकियो

रित्तियो डालो।

  ८)

श्रीकृष्ण आए

मोहिनी रूप

सुर फँसाए।

   ९)

तीजमा दर

पाक्ने नै होला

सबैका घर।

 १०)

तन र मन

एकाग्र भाव

सत्य वचन।

प्रकाशित: २३ भाद्र २०७८ ०३:४७ बुधबार

अक्षर