कला

सेल ! सेल !! सेल !!!

कविता

लक्ष्मीप्रसाद पौडेल

 

कोही खरिददार हुनुहुन्छ भने

थोक या खुद्रा  

दुवै दरमा

उपलब्ध छ  

अहिलेको महँगो दौडमा

सँगसँगै दगुर्न सफल,  

थोकमा लिनेलाई विशेष छुट छ

खुद्रामा पनि त्यति फरक पर्दैन

मिलाएर नै पाइन्छ

बनियाँको काँटा

नापतौल विभागले टाँचा ठोकेको

पूरापूर तौल भएको

पिँधको शीशा न कोतरेको न थपेको

(विभागको तलमाथि केरकार हुँदैन)

ढकले नापेर

लाइन अनलाइन सबै उपलब्ध छ  

न फाराम भर्नुपर्ने

न अर्जी हाल्नुपर्ने

सरकारको आश्वासनजस्तो

न पर्खनु नै पर्ने

हतोहात  

कोही हुनुहुन्छ भने )

नम्बर थिच्नुस्

सम्पर्क  नम्बर  

नौ सात सात –

बिक्रीमा छ

सुपथ मूल्यमा

मेरो दुःख

यानि कि

यो देशको दुःख।

प्रकाशित: २० भाद्र २०७८ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App