कला

नारीको सम्मान

कविता

 – युडेन उप्रेती

संसार देखाउने पनि नारी  

सृष्टि चलाउने पनि नारी

हजार कष्ट थाप्लो राखी  

हाँस्न सिकाउने पनि नारी  

शक्तिको स्वरूप पनि नारी

मायाकी खानी पनि नारी

नारीको सम्मान र सुरक्षा

हामी सबैको पहिलो जिम्मेवारी।

दयाकी सागर हुन् नारी

भावनामा उद्धार छिन् नारी

दुष्टलाई कालस्वरूप त

कुष्टलाई ममताको खानी हुन् नारी

घरको आमा एक नारी  

त्यस्तै निर्मला पनि त थिइन् एक नारी

नारीको सम्मान र सुरक्षा

हामी सबैको पहिलो जिम्मेवारी।

पाल्ने धर्ती हुन् नारी  

शिवशक्ति हुन् नारी

लाखौं सपनाको कंकाल बोकी

हामीलाई सपना देखाउने पनि नारी

हरेक सुखमा नारी  

हरेक दुःखमा नारी

नारीको सम्मान र सुरक्षा

हामी सबैको पहिलो जिम्मेवारी।

प्रकाशित: २० भाद्र २०७८ ०४:०० आइतबार

अक्षर