कला

‘मैतुङ्गे’ सार्वजनिक

 दिनेशकुमार संग्रौलाको दोस्रो कृति कथा संग्रह ‘मैतुङ्गे’  सार्वजनिक भएको छ। काठमाडौंको हार्दिक होटलमा एक समारोहका बिच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो।

उक्त कथा संग्रहमाथि समीक्षा राख्दै पत्रकार लेखक दामोदर न्यौपानेले ‘हिजोआज पठन संस्कृति निकै कम छ। त्यसैका बिच लेखकले पुस्तक लिएर आउनु निकै चुनौतीपूर्ण रहको’ बताए।

त्यस्तै अर्का समीक्षक कथाकार लेखक मञ्जिला अनिलले कथामाथि समीक्षा राख्दै ‘पछिल्लो समय कथाको माग निकै बढेको छ। कथाकारलाई आख्यानका लागि शुभकामना। उहाँलाई हामी सक्रिय स्रष्टाको रूपमा चिन्न बुझ्न सक्छौं। कथामा सामाजिक घटनाले परिवेश बोकको छ। मैतुङबाट आएकाले ‘मैतुङ्गे’ पुस्तकको नाम राखिएको अनुमान लगाउन सकिने समीक्षकले बताए।

कथाका घटनाहरू स्वाभाविक रूपमा अघि बढेका छन्। लेखकले पुस्तकमार्फत सामाजिक रूपान्तर खोज्नुभएको छ। आफ्नै वरिपरि घुमिरहेका घटनाहरूको परिवेशमा लेखिएको हो मैतुङ्गे। सकारात्मक रूपमा कथाको परिवेश टुंगाइएको छ’ समीक्षक मञ्जिलाले बताए।

आफ्नै गाउँठाउँको कथा आफूले देखेको, भोगेको र सुनेको कथालाई पुस्तकमा उतारेको लेखक कथाकार सङ्ग्रौलाले बताए। लेखक सङ्ग्रौला नेपाल टेलिभिजनका पूर्व निर्देशक पनि हुन्।

उक्त पुस्तक विएन पुस्तक संसारले बजारमा ल्याएको हो।पुस्तकको मूल्य २२५ रहेको विएन संसारका सञ्चालक सूर्य बिसीले बताए।लेखकको पहिलो पुस्तक कविता संग्रह हो। उक्त कार्यक्रमको सञ्चालन श्रीराम राईले गरेका थिए।

प्रकाशित: १९ भाद्र २०७८ १०:०३ शनिबार

अक्षर