कला

बिदा जर्नेल, तिम्री छोरीलाई अभिवादन भनिदेऊ

उनलाई चंगाहरूको रंगीन नृत्यको बारेमा भन मानौँ तिनीहरू आकाशका कानमा लगाउने 

रिङहरू हुन्।

उनलाई अफगान खानाको स्वादको बारेमा भन जुन स्वाद मीठो साहसजस्तो छ

सबै ऐनाहरू एक्वारियम हुन् भन माछाका लागि

जो बालबालिकाका ओठहरूमा मुस्कुराउँछन्

 

सत्य कुरा नभन,

तिमीले सपनालाई गोली हानेको कुरा नभन

मानव अधिकार र बालबालिकाका लागि

तिमीले नयाँ चिहान बनाएका छौ भनेर नभन

अफगानिस्तानमा अमेरिकाकाे वास्तविकताको बारेमा कुनै कुरा नभन

कुटनीतिज्ञहरूलाई सडकको रगत उनीहरूको जिब्रोले बढार्न देऊ

 

बालबालिकालाई प्रजातन्त्र हवाइजहाजबाट खसेको विषयमा केही नभन

भावनालाई सडेको पानीले भरिएकाे खाडलमा धकेलेको बारेमा नभन

बालबालिकालाई टाढा राख्न तिमी चिच्याएको बारेमा नभन

अमेरिकी बालबालिकाहरू डराउँनेछन्

अनि उनीहरूले तिम्रो मानवताको विषयमा शङ्का गर्नेछन्

केवल यत्ति भन‘: हाम्रो युद्ध सकियो, अब हामी नयाँ खेल खेलौँ।’

(पेसाले मेडिकल डाक्टरसमय हामेद अफगानिस्तानका सुपरिचित कवि, लेखक, संगीतकारतथा टेलिभिजन निर्देशक हुन्। उनी नौवटा राष्ट्रिय पुरस्कारतथा दुईवटा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। उनका ३४ वटा पुस्तक प्रकाशित छन्। उनी डेनिस पेनका सदस्य हुन् भने अफगान पेनका पनि प्रमुख संस्थापक हुन्। उनी समय मिलाएरडेनमार्क रअफगानिस्तान दुवैतिरबस्छन्। उनी मानवाधिकारकर्मी पनि हुन्। उनले यो कविता हालै अमेरिकी सेनाले अफगानिस्तान छोडेरगएपछि लेखेका हुन्। यस कवितामा अमेरिकी सेनाले अफगानिस्तानमा गरेको गतिविधि तथा छोडेरगएपछिको अवस्थालाई सङ्केतात्मक रूपमा चित्रण गरिको छ। अनुवादः भीष्म उप्रेती)

प्रकाशित: १९ भाद्र २०७८ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App