कला

दुःख हाम्रो साथी

कविता

 होमनाथ खनाल

 

आउँदा धेरै खुशी हुने,जाँदा धेरै दुःख,

यस संसारमा भोग्नुपर्ने धेरै दुःख –सुख।

कहिले हाँसो कहिले रोदन,कैले पीडा – व्यथा,

लेखिदिन्छु जिन्दगीमा,भोगिएको कथा।

खुशीभन्दा दुःख धेरै,दुःख हाम्रो साथी,

सँगै बस्ने सँगै हिँड्ने, सबैभन्दा माथि।

दिनभरि सधैं साथमा, टाढा हुन्न कहिलै ,

कति धेरै माया गर्छ सँगै  बस्छ जहिलै।

सुख हाँसो ,शत्रु उसको, बस्न दिन्न साथमा,

धनी –गरिब ठुलो– सानु, सबका बस्ने साथमा।

भोक रोग मृत्यु बिछोड, बस्छ यस्तै ठाँउमा,

कैले शहर कैले बजार, कैले घुम्छ गाउँमा।

घरघरमा बस्छ सधैं, आफ्नै घर जस्तो,

दयामाया नभएको, निष्ठुरी यो कस्तो।

टाढा कहिलै नहुने यो,दुःख हाम्रो साथी,

जहिलै पनि बसिरन्छ, हामीभन्दा माथि।

प्रकाशित: १९ भाद्र २०७८ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App