कला

सुख प्राप्ति

कविता

रमेशजंग सिजापति

 

सुखको पछि  लाग्दा दुःख छ यो अनुभव हो

दुःखमा जिउँदा  सुख  मिल्ला यो अनुभव हो

सत्कर्म सत्धर्ममा रहेछ सुख त लुकेको  

बिनाकर्ममा त्यहाँ ज्यादा हुन्छ दुःख है छुपेको।

 

सुख  खोजी भेटिदैन कही  दुखै पो थुप्रिन्छ

भएको सुख पनि नभेटदा सुख पो लुटिन्छ

यश ऐश्वर्यले हैन र छ सुख प्राप्ति हुने

भ्रम मात्र रहेछ यी कुरा ज्ञानीले बुझने।

 

कर्म धर्ममा लिप्त हुँदा सुख त्यही मिल्छ

यश ऐश्वर्य थुपारीजान्नु सुख कहाँ मिल्छ

यो अनुभव हो सुखको पछि लाग्दा दुःख प्राप्ति  

सुख खोज्दा हुने रहेछ जीवनको समाप्ति।

प्रकाशित: ११ भाद्र २०७८ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App