कला

डर

कविता

 रमेशचन्द्र अधिकारी

 

बलेर सकिएपछि पनि  

कुपीको सलेदोले

केहीबेर  

बोकेर बसिरहन्छ

आगोको अवशेष।

हो ठीक त्यस्तै उज्यालो  

बाँकी छ

नानीहरूका आँखामा  

अझैसम्म पनि।

मलाई डर लागिरहेको छ  

हाम्रा सपनाहरू पनि  

नानीहरूका आँखाभित्र छन्।

 – मोरङ।

प्रकाशित: ४ भाद्र २०७८ ०७:१७ शुक्रबार

अक्षर