कला

ब्लु डायरी आउँदै

 लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ब्लु डायरी छिट्टै सार्वजनिक हुने भएको छ। मूलतः साहित्य र पत्रकारितामा सक्रिय आचार्यको यसअघि अप्रिल फुल (उपन्यास) प्रकाशित छ। विशेषतः युवा र तिनका मुद्दा केन्द्रित लेखनमा रुचि राख्ने आचार्यले यसपटक पनि युवाकै सपना र संघर्षमाथि उपन्यास बुनेका छन्।

‘ब्लु डायरी हाम्रै समाजभित्र रहेका ती युवाहरूको कथा हो, जो अनेक उल्झन्बाट गुज्रिदै उज्यालो सपनाका खातिर संघर्षरत छन्। पुस्तकमा युवाहरूले आफ्नै प्रेम, जीवन र संघर्ष भेट्नेछन् ।’ उपन्यासकार आचार्य भन्छन्।

विएन पुस्तक संसार प्रालिबाट भदौभित्र प्रकाशनको तयारीमा रहेको ‘ब्लु डायरी’ले समस्त युवाहरूको मनोविज्ञान बोकेको विएन पुस्तक संसारका प्रमुख सूर्य विसीले बताए।

लेखक कृष्ण आचार्य हाल इन्जिनियर्स पोष्टका सम्पादक हुन्। यसअघि उनले कान्तिपुर साप्ताहिक, नयाँ पत्रिका, नेपाल खबर लगायतका सञ्चार – गृहमा काम गरिसकेका छन्।

प्रकाशित: २५ श्रावण २०७८ ०६:१७ सोमबार

अक्षर