कला

पीर नहोस् कहिलै

गीत

होमनाथ खनाल

 

हिजोसम्म राम्रै थियो, आज कस्तो हुने,

भोलिका दिन कस्ता होलान्, भन्दै मनमा गुन्ने।

 

जिन्दगीको ठेगान छैन, आज होकि भोलि,  

सबै कुरा भनिसकें, हृदय नै खोली।

 

कहिले हुने धेरै नजिक, कैले हुने टाढा,

न त टुट्ने न त फुट्ने, हाम्रो माया गाढा।

 

कस्तो नाता जोडिएछ, माया मात्रै लाग्ने,

जति वर्णन गरे पनि, कमै जस्तो लाग्ने।

 

बाँचिरहोस् युगौं युग, अमर सधैं बनी,

आँधीहुरी भेलबाढीमा,नपरोस् कैलै पनि।

 

सुख–शान्ति सधैं मिलोस् ,दुख भागोस् जहिलै,

त्यो मन सधैं हाँसिरहोस् ,पीर नहोस् कहिलै।

प्रकाशित: २१ श्रावण २०७८ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App