कला

सारै राम्री छोरी

बालगीत

 सुरज उपाध्याय

 

बजाएर ताली,  

छोरी नाच्न थाली।  

खुट्टा चाली –चाली,

रिसाउँदा काली।

 

सारै राम्री छोरी,

यो मुटुको डोरी।  

मुसुक्क हाँस्दा,

हिउँजस्तै गोरी।

 

औंला भाँची गन्छे,  

उकुल जान्छु भन्छे।

मान्छे सानी –सानी,  

लजाउने बानी।

 

टिटीघाङ गरेर,  

आँगनीमा झरेर।  

बोलाउँदै साथी,  

चढी साइकलमाथि।

प्रकाशित: १६ श्रावण २०७८ ०४:४६ शनिबार

अक्षर