कला

जन्मदिन मनाएँ

बालकविता

 गरिमा आचार्य

 

मेरो जन्मोत्सवको यस पुनित घडीमा आशीर्वादस्वरूप शुभकामना  दिनुहुने महानुभावहरूमा कृतज्ञता ज्ञापन गर्दछु। जन्मेको हिसावले आज २०७८ साउन १६ गते मेरो जन्मोत्सव परेको अवसर पारेर बालगीति लय (४+३)४+३=१४) मा आजै तयार पारेको मेरो सानो कविता हेरेर सुझाव र मार्गदर्शन एवम् शुभाशीर्वाद दिन सम्पूर्ण अग्रज, समकालीन र अनुज महानुभावमा कर जोडी अनुरोध गर्दछु।

+++

स्रोत कविता 

मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म,

काले भन्छन् मलाई, तर मान्छे गोरो म।

                            – रामबाबु सुवेदी 

+++

यसैको सिकोमा मेरो बालकविता

+++

घुमिफिरी आएछ एक वर्ष खाएछ,

जन्मदिन मेरो रे उपहार पाएछ।

दुःख पाएँ, भगाएँ सुख जति जोगाएँ,

यसै गरी मैले त जन्मदिन मनाएँ।

 

बाबामामू दुवैले आशीर्वाद दिएर,

देखाउनु रे मैले ठूलो मान्छे भएर।

सुकार्यमा राजी त मनलाई गराएँ,

ठूलो सोच राखेर जन्मदिन मनाएँ।

 

अग्रजको सम्मान अनुजको मायामा,

रमाउने बानी होस् यसै गरी काममा।

खुसीयाली सम्झेर दुनियाँमा हराएँ,

लेखपढ गरेर जन्मदिन मनाएँ।

कक्षा– १०,

श्री जनता प्राविधिक मावि, गोलबजार–४, सिरहा।  

प्रकाशित: १६ श्रावण २०७८ ०४:०९ शनिबार

अक्षर