कला

बलात्कार

लघुकथा

पुण्य कार्की

 

“ओई झ्याप्ले के हेरेको ?”

“तिम्रो च्यातिएको प्यान्ट हेरेको”

“ढाँटछस् ।”

“सत्य प्यान्ट हेरेको ।”

“तँ बाहना पार्छस् ! तेरो नियत ठिक छैन।”

“ठिक भन्यौ, तिम्रो प्यान्टको प्वालबाट तिम्रो सेतो तिघ्रा हेरेको हुँक्या!”

“लबस्तरो ! तँलाई लाज लाग्दैन अर्काको तिघ्रा हेनर्।”

“लाज त तिमीलाई लाग्नुपर्ने हो मैयाँ! यस्तो प्वालैप्वाल परेको प्यान्ट लाएर तिघ्रा देखाउँदा तिमीलाई शरम हुनुपर्ने हो। देखाउनेलाई लाज नहुने हेर्नेलाई लाज हुने, यो त उल्टो कुरा भयो।”

केटाको जवाफले केटी कक्रक्क परी।

“हुँऽऽऽ   ऽऽऽ”

केटी नाक बजाउँदै फन्केर बाटो लागी।

केटीले पुठ्ठा र तिघ्रामा ग्रन्ज गरिएको प्यान्ट लगाएकी थिई। केटाले एक डिठ लाएर उसको च्यातिएको प्यान्ट हेरेपछि यो संवाद घटित भएको थियो।

रिसाउँदै केटी बाटो लागेपछि ओझेल नपरुन्जेल पछाडिबाट केटीलाई उसका आँखाले पछ्याइरह्यो।

भोलिपल्ट साँझमा उही केटी एक हुल केटाहबाट बलात्कृत भएको खबर सन्सनाउँदै नगरभरि फैलियो। तर त्यो केटो त्यो हुलमा भने सामेल थिएन।

प्रकाशित: ११ श्रावण २०७८ ०८:५३ सोमबार

अक्षर