रञ्जुश्री पराजुली
‘बाहिर जान हुँदैन । साबुनपानीले मिचिमिची हात धुनुपर्छ । सेनिटाइजरले पुछिरहनुपर्छ।नाक र मुख ढाक्ने गरी मास्क लगाउनुपर्छ । गरीव निमुखालाई यस्तो आवाज सुन्न बानी परिसक्यो ।घैंटोमा खाने पानी छैन । नुहाउने साबुन छैन। किन्नलाई खल्तीमा पैसा छैन।
दोस्रो पटक कोरोनामो महामारी फैलिएपछि त धनबहादुरको आर्थिक अवस्था नाजुक नै बनेको थियो। मजदुरी गरेर हातमुख जोर्ने उस्को परिवार एकछाक खाएर गुजरा गर्नुपर्ने अवस्थामा पुगेको थियो। काममाम पाइन्छ भन्ने सुनेर गाउँमा कामीको काम गर्नेको सन्तान ऊ शहर आएर खड्का थर बोकेर श्रमिकको काम गर्न थाल्यो। उसकी बुढी कान्छी गरायसी काम गर्न थाली। छोरो हुर्कदै गयो।
– कान्छी हाम्रो छोरालाई राम्रो स्कुलमा पढाउने र भविष्यमा ठूलो मान्छे बनाउने ’ भन्ने गर्दथी। बाबूचाहिँ ‘हो बुढी , यस्लाई धेरै पढाएर मन्त्री बनाउनुपर्छ तर मन्त्री बन्न त धेरै नपढे पनि हुन्छ भनेको सुन्छु। हाम्रो छोरालाई त पढेको बुद्धिमान मन्त्री बनाउनुपर्छ ’ भन्थ्यो।
दोस्रो महामारी फैलिएपछि कान्छीले कुनै टेलर सपबाट रङ्गीन टुक्राटुक्री कपडाहरू बटुलेर ल्यएर जानीनजानी नमुना हेरेर हातैले खुटेर रङ्गीन मास्कहरू बनाई। खुशी हुँदै उस्ले बुढालाई ‘मास्क राम्रै बने, हेर बुढा। यस्तो किन्न पसलमा पचास रुपैयाँ पर्छ म पच्चीसमा दिन्छु। चिनेकाहरुले त किन्लान् जस्तो लाग्छ। राम्रो छ। बलियो छ। लगाउन पनि सजिलो छ। धुन हुन्छ’भनी। बुढाले पनि यसबाट अलिकता कमाई भयो भने छोरालाई केही दिन पेटभरि भात खुवाउनु है भयो। कान्छी कोठा बाहिरको पेटीमा मास्क फिँजाएर बेच्न बसी। आफूले पहिले काम गर्ने घरको पहिलो ग्राहक कस्तो राम्रो मास्क बनाइछ्यौ कान्छी । म एउटा नमुना लान्छु है। नमुनाको त पैसा पर्दैन हगि अनि मन पर्यो भने भोलि आएर किनौला है’ भन्दै एउटा भनेको दुईटा लिएर हिँडिन्। त्यसपछि र फेरि त्यसपछि आएका पुराना आफूले काम गर्ने गरेका ठाउँकाहरू आउँदै नमुना लिएको भन्दै लिएर जान थाले ।
प्रकाशित: २६ असार २०७८ ०३:३६ शनिबार