कला

कहाँ गए गणेशराज गौतम ‘निदी’ ?

ओखलढुंगाको हाल लिखु गापा दक्षिण लेती गोतामामे गाउँमा गणेशराज गौतम ‘निदी’को जन्म भएको थियो, २००५ सालमा। उनका पिता नन्दराज डिट्ठा थिए, पिताले जहाँजहाँ जागिरे जीवनमा सरुवा पाए, त्यहाँ त्यहाँ गणेशराजलाई पनि सँगै लिएर गए। यसरी उनको बाल्यर किशोरकाल आमासँग भन्दा बुबासँग बित्यो, उनले मुलुकका दुर्गम पहाडीर तराई मधेसका जनजीवनका दुःखद पक्षसँग परिचितरहने अवसर पाए। ताप्लेजुङ, झापा, मोरङ, जनकपुर,रौतहट तथा नेपालगन्जमा अध्ययनका साथ उनको बसोबास भयो। २०२२ सालमारामेछाप साँघुटारको हिमगंगा हाईस्कुलमा भर्ना भई होलफस्र्ट भएका गणेशराज सानै उमेरदेखि विद्रोही–जुझारु स्वभावका थिए। 

२०२१ सालदेखि नै वामपन्थी विचारबाट प्रेरित भई सोही अनुरूपका गतिविधिमा संलग्नरहे। २०२५ सालमा वीरगन्ज ठाकुरराम कलेजमा अध्ययनका क्रममा विद्यार्थी आन्दोलनर वामपन्थी गतिविधिका कारण पटक–पटक प्रशासनिक नियन्त्रणमारहे। त्यस समयका उनका सहयोगी मित्रहरू विमल निभा, विजय सिलवाल, कृष्णमान जोशी, गोपाल गिरी आदि प्रतिष्ठित व्यक्तित्व थिए, वीरगन्जमा। उनले ‘हिमाली आवाज’ प्रकाशन गरे, गोपाल गिरी समेतको प्रयासमा ।

२०२६–२८ सम्म ओखलढुंगामा केन्द्रित भई पोकलीको जनजीवन स्कुलमा शिक्षण कार्यमा संलग्न भई ओखलढुंगा–रामेछापका पुराना कम्युनिस्टहरू, जोराजनीतिक निराशाले गर्दा निष्क्रिय थिए, उनीहरूसँग पटक–पटक भेट्दै सक्रिय गराउन कोसिस गरे। भूमिगत रूपमा संगठित भई पार्टी विस्तारमा लागिरहे। यसै सन्दर्भमा पार्टी पुस्तकालय नै लेतीमा स्थापना गरी वैचारिक अध्ययन तीव्र बनाएका थिए। २०२८ सालमा ओखलढुंगा लगायत पहाडी जिल्ला अधिक वर्षाले गर्दा भोकमरीको चपेटामा परेको थियो। निम्न वर्गीय गरिब तथा भूमिहीनको घरमा चुल्होचौको बलिरहेको थिएनर लालाबाला भोकभोकै मृत्युवरण गर्दै थिए ।

यस्तो अवस्थामा ओखलढुंगाका कम्युनिस्टको संगठित प्रयास ‘भकारी फोर’ अभियानमा पुग्यो, जसको नेतृत्व उनै ‘निदी’ले लिएका थिए, जसमा अग्रणी कम्युनिस्ट विष्णुहरि अधिकारी, प्रेमनारायण ‘प्रेमी’, भवनाथ पौडेल, बाबुराम दाहाल, बलीमान सार्की, हीराबहादुर दर्जी, टंकनाथ दाहाल आदिको प्रत्यक्ष परोक्ष सहभागिता थियो। अनिकाल पीडित सहयोग समिति गठन गरी पर्चा छापी वितरण गरिएको थियो। 

प्रशासनर धनीमानीहरू उनको विरुद्धमा लाग्नु स्वाभाविकै थियो, त्यसकारण उनी आफ्नै घरबाटै गिरफ्तारीमा परे। ओखलढुंगा प्रहरी प्रशासनले कडा यातना साथ अञ्चल प्रशासनराजविराज पु¥यायो। कडा यातनासाथ बयान हुँदा ‘जनता भोकभोकै मरिरहेका बेलाराज्य सहयोगी नभएकाले उचित मूल्य दिने गरी अन्न वितरण गर्ने प्रयत्न गरिएको’ भनी जिम्मेवारीपूर्ण अडानराखे। केही महिनापछि उनको पितासँगै काम गरेका एक प्रशासनिक अधिकारीको सद्भावमा तत्काललाई जिल्ला छाड्न नपाउने इलाका नजरबन्दर महिनाको निश्चित दिनमा प्रशासनमा उपस्थित हुनुपर्ने गरी उनलाई ओखलढुंगामै फिर्ता पठायो।  

२०२६ सालमा उनले पोकली लेतीकी स्थानीय सपना श्रेष्ठ (मेरी दिदी)सँग अन्तर्जातीय विवाह गरे, सपरिवार नजरबन्दी तोड्दैरौतहटको गौरर पछि वीरगन्ज पुगे। वीरगन्जमा उनको बसाइ टिकाउ भएन– प्रशासनको नजरमा परे। असहज हँुदै गएपछि नेपालगन्जमा लालाबाला साथरहन पुगे। त्यहाँ उनको पारिवारिक जायजेथार ठूलै जग्गाजमिन थियो। 

 

आफ्नो घरमा बस्न सहज नभएर मालपोत कार्यालयमा कार्यरत वैचारिक मित्र बुद्धिबहादुर गुरुङको सहयोगमारही पार्टी काममा सक्रिय भए। २०२९ सालमा नेपालगन्जबाट सामयिक संकलन पत्रिका ‘स्वर’ सम्पादनर प्रकाशन गरे, जसको सहसम्पादक महेन्द्र शर्मा थिए। जनकपुरबाट प्रकाशित ‘नयाँ पाइलो’रराजधानीको ‘मातृभूमि’ साप्ताहिकको संवाददाता समेत भई समाचारर लेख–रचना सम्प्रेषण गरे ।

२०३१ को हिउँदमा काठमाडौंमा स्नातक अध्ययनरत मलाई आकाशवाणीद्वारा आफू सपरिवार आउँदै गरेको हुँदा एअरपोर्टमा लिन आउने सन्देश प्राप्त भयो। काठमाडौं डेरामा गर्भवती श्रीमती (मेरी दिदी)र सानो भान्जा आश्रयलाई मेरो जिम्मामा छाडी उनी पूर्णकालीन पार्टी कामका लागि भूमिगत हुन भन्दै पुनः बाँकेतिरै फर्किए। ठूलो भाञ्जा संश्रयराज भने हामीसँगै पहिले नै पोकली–लेती घरमा थिए।  

केही समयपछि उनको एउटा ठेगानाविहीन पत्र प्राप्त भयो, जसमा ‘जीवन संघर्षमय छ, पुनर्मिलन नहुन पनि सक्छ। आन्दोलनको आँधीबेहरी सृष्टि हुँदै छ, सन्तानर आफ्नो सुरक्षा औ शिक्षामा ध्यान दिनुपर्ने’ कुरा थिए। त्यस्तै,राष्ट्रले काँचुली फेर्दा हामी सबै सुखी हुनेछौँ भन्ने पनि उल्लेख थियो। चिठीमा उनले मसँग ‘राष्ट्रर कम्युनिस्ट पार्टीका लागि समर्पित हुन, आफ्नो परिवारको संरक्षण गरिदिनर पारिवारिक जीवन त्याग्ने आफ्नो कार्यलाई उच्च मूल्यांकन गरिदिन’ आग्रह गरेका थिए।

 

 त्यसयता उनको कुनै चिठी–पत्र प्राप्त भएन, सम्पर्क बन्द भयो। भूमिगत रूपमा उनी मोहनविक्रम सिंहको नेकपा समूहमा संलग्न भएर चौथो महाधिवेशनमा प्रतिनिधिरहेको भन्ने बुझिएको थियो। तर उनी झापा विद्रोहको समेत प्रशंसक थिए। म तत्कालीन कोकेर पछि मालेसँग सम्बन्धित थिएँ। उनको भूमिगत जीवनर सम्पर्कविहीनताबारे मेरा संगठक मित्रहरू अमृत बोहरा, ईश्वर पोखरेल आदिर पार्टी खुला भएपछि मित्र केशवलाल श्रेष्ठसँग गई मदन भण्डारीसमक्ष जानकारी गराइएको थियो। चौथो महाधिवेशनका साथीहरूसँग कुनै सम्पर्क थिएन हाम्रो परिवारको ।

२०३३ सालदेखि दिदी (सपना) बाँकेको खजुरामा आफ्नै जग्गाजमिनमारहन पुगिन्। उनले आफ्ना पतिका मित्रमार्फत खोजतलासको प्रयत्न गरिरहिन्। यस सम्बन्धमा मोहनविक्रमको पारिवारिक सदस्यहरूसँग पनि सम्पर्कराखियो। तर कतैबाट कुनै प्रकारको सूचना प्राप्त भएन। संश्रयराज निरन्तर रूपमा आफ्नो पिताको खोजीमा लागिरहे। कहिले भारतको कुनै सहरको अमुक टोलमा देखिएको हल्ला आउँथ्यो, उनी उतै पुग्थे, कहिले दाङ, बझाङर सल्यान पुग्थे।  

२०४७ सालमा अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग भेटी गणेशराजको खोजीकार्यमा सहयोग गर्न अनुरोध गर्दा उनले तत्कालै गृहमन्त्री योगप्रसाद उपाध्यायलाई बोलाएर खोजतलास गरी परिवारलाईराम्रो आर्थिक सहयोग गर्न आदेश गरे, तर कुनै सरकारीरेकर्डमा उनको गिरफ्तारीको विवरण नभएको भन्ने पाइयो। आर्थिक सहयोग भने लिन दिदी तयार भइनन्। यस्तै २०५१ मा प्रधानमन्त्री मनमोहन अधिकारीसँग भेटी उनको खोजी कार्यमा सहयोग गर्न अनुरोध गरियो। अधिकारीले आफ्नो सबै प्रकारको शक्ति प्रयोग गरी खोजीकार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरे, अफसोस त्यो वाचा पूरा गर्नै पाएनन् ।

२०४८ सालमै हुनुपर्छ, नेकपा (एमाले) को भ्रातृ संगठन ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले उनको फोटोराखी सहिद घोषणा गर्दै क्यालेन्डर प्रकाशन ग¥यो। यस बीचमा नेकपाका जुनसुकै समूहका स्रोत व्यक्तिसँग भेट हुँदा खोजतलासका लागि अनुरोध हुँदै गयो। नेकपा (एमाले) को छैटौं महाधिवेशन नेपालगन्जमा हुँदा दिदी (सपना) (पार्टी संगठित सदस्य) ले अध्यक्ष मण्डल तथा प्रतिनिधिलाई सम्बोधन गर्दै खोजतलास गरी यथार्थ पत्तो लगाइदिन अनुरोध पर्चा प्रकाशित गरी वितरण गरिन्, अधिवेशन हलैमा। क. माधव नेपाललाई भेटी निवेदन समेत दिइन् ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रकाशन ‘संवाहक’ अंक–२, भदौ २०७३ को पेज १८५ मा लोकेन्द्र पनेरुले पञ्चायतकालमा बेपत्ता नागरिक भन्ने अनुच्छेदमा बाँकेबाट गणेशराज गौतम भनी उल्लेख गरेका छन्, यसबाट आयोगमा भने बेपत्ता पारिएकोराजनीतिक व्यक्तित्वको सूचीमारहेको पाइयो ।

२०७६ को भाद्रतिर मोहनविक्रम सिंहसँग भेटी सम्पूर्ण विवरण टिपोट गराएर खोजतलास तथा यथार्थ जानकारीका निमित्त अनुरोध गरियो, मित्र लोककृष्ण भट्टराईको सहयोगमा। श्रद्धेय कृष्णप्रसाद भट्टराईर मनमोहन अधिकारीसँगको भेटघाट पनि मित्र लोककृष्णको संयोजनमा भएको थियो। आजसम्म उनका बारेमा कुनै सूचना कतैबाट प्राप्त भएको छैन।

 मुलुकमा प्रजातान्त्रिकर वामपन्थी सरकारको पटकपटक सत्तारोहण भए पनि लोकतन्त्रका लागि लडेका एक होनहारराजनीतिक योद्धाको यथार्थ विवरण दशौं समूहमा विभाजित कम्युनिष्ट पार्टी विशेष, प्रजातान्त्रिक पार्टीहरूर सरकारसँग नहुनु तथा खोजतलासमा चाख समेत नलिनु विडम्बना हो। वामपन्थीराजनीतिले लोकतान्त्रिक तरिकाबाट शिखर प्राप्त गरेको यो घडीमा समेतराजनीतिक पीडितर उनीहरूको परिवारको मर्का बारेमा बुझ्नेर सकेको सहयोगी कार्यक्रम नआउनु कुनै अर्थमा पनि शुभ संकेत हो भन्न गाह्रो छ। पीडित परिवारलाई पीडानुभूति कसले दिने ?

प्रकाशित: २६ असार २०७८ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App