कणाद महर्षि
– रङ्ग लेख्दै छु।
– तिमी बिरङ्ग लेख्ने कोसिसमा छौ।
– रङ्गको रङ्ग बताइदेऊ न त !
– मलाई हेर न त !
– तिमीलाई देखिन के !
– त्यसो भए तिमीलाई रङ्ग थाहा नै रहेनछ।
– उसो भए बताउन त रङ्ग के हो ?
– बताऊँ त ?
– कृपया बताइहाल न !
– उसो भए सुन ! आफूमा भएर पनि बताउन नसक्नु नै सबैभन्दा ठूलो रङ्गको अनुभूति र अभिव्यक्तिको सच्चा र
टड्कारो प्रस्तुति हो।
– अलि बुझ्नेगरी भन न !
– मलाई छोएर,छामेर हेर त ! रङ्ग बेढङ्गले बिरङ्ग भएको पाउने छौ। यो नै नदेखिने तर स्वादिलो,स्पष्ट र उत्सुकताले
भरिएको यथार्थ अनुभूतिमा मात्र पाइने कोमल र तरल तर पनि ठोस रङ्ग हो।
– ए ! हो त नि ! विपरीत – रङ् अनुभूति भयो।
प्रकाशित: २५ असार २०७८ ०७:४७ शुक्रबार