कला

रमाइलो गाउँ

बालगीत

सुरज उपाध्याय

 

यता पनि रमाइलो उता पनि रमाइलो,  

लाग्न थाल्यो मलाई त गाउँघरै रमाइलो।

 

हजुरबाले पकाएको खान पाइने आँटो पिठो,

अरू कुरा छोड साथी पानी पनि गाउँकै मिठो।

डुलिरहन मन लाग्ने सफासुग्घर वरपर ,

हेर कति रमाइलो डाँडामाथि हाम्रो घर।

 

कति मीठो दुध दिने  भैंसी  पनि गाउँमै  छ,

बजार  जानै नपर्ने  तरकारी नि  बारीमै  छ।

धान फल्ने खेत नि छ मूल फुट्ने टारी नि छ,  

कान्छाबाले लगाएको सुन्तलाको घारी नि छ।

प्रकाशित: २५ असार २०७८ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App