कला

आमा

बालकविता

कमला घिमिरे

 

 

नौ महिना मलाई कोखमा राखी जन्म दिने तिमी,

आफ्नो छाती चुसाएर मेरो प्राण भर्ने तिमी।

 

रातैभरि जाग्राम बसी मेरो ख्याल राख्यौ,

मेरो लागि भोक, प्यास, निन्द्रा सबै त्याग्यौ।

 

मेरो मुहार अँध्यारो हुँदा तिमी दुखी हुन्छ्यौ,

मेरो आँखा रसाउँदैमा तिमी पहिल्यै रुन्छ्यौ।

 

केही मिठो खाना पाए मेरै लागि राख्छ्यौ,

तिम्रो लुगा फाटे पनि मेरै लागि ल्याउछ्यौ।

 

ठुलो भई तिम्रो इच्छा पूरा गर्न सकूँ,

तिम्ले मलाई गरेजस्तै मैले गर्न सकूँ।

 

तिमी बुढी हुँदा तिमीलाई खुसी राख्न मन छ,

संसारकै प्यारी तिमी मेरो मनले भन्छ।

 

भगवान् सबैतिर पुग्न नसकेर,

तिमीलाई पठाएछन्आ मा बनाएर।

 

भगवानको अदृश्य रूप तिमीभित्र देखेँ,

त्यै भएर तिम्रो लागि यो कविता लेखेँ।

प्रकाशित: २४ असार २०७८ ०४:२७ बिहीबार

अक्षर