तुयुकाजी ताम्राकार
कठोर हुन्छ आगो
पार्छ सबै स्वाहा
निर्दयी छ यो
आफ्नो र पराई भन्दैन
बनाउँछ खरानी सबै
यो शत्रु हो
यो ठूलो मित्र पनि
सदुपयोगमा जीवन
दुरूपयोगमा मृत्यु ।
आगो ज्वाला हो
यो विद्रोह पनि हो
आगो नै क्रान्ति हो
र शान्ति पनि
आगो जाने लोकतन्त्र हो
नजाने ठोकतन्त्र
जाने परिवर्तनको वाहक
नजाने भष्मासुर
आगोसित खेल्नेहरू
कि कवाफ खान्छन्
कि माटोमुनि जान्छन्।
प्रकाशित: २४ असार २०७८ ०२:४७ बिहीबार