कला

दु:ख

कविता

सुजन तिमल्सिना

 

 

पहाडका निमुखा भिरपाखालाई  

हेरेर सयौं वर्ष जिउने  

मेरा बुढा बाआमालाई सोध।

के हो दुःख?  

सधैं भन्ने गर्थे  

र बगाउने गर्थें पसिना  

दिनरात नभनी, 

सधैं त्यहीँ पारि  

डाँडामा भएका दुई सुर्का बारीमा,  

सकेको बगाउँथे पसिना  

र फलाउँथे अन्न।

बाले सबैलाई भन्थे

बाबु हो,

हाम्रो परिश्रमको फल  

यसपालिलाई यत्ति नै हो।  

त्यसैले तिमीहरू टन्न खानु  

हाम्रा दिन गइसके

रहे, बाँकी भए  

हामी पनि खाऔंला पछि।

प्रकाशित: २७ वैशाख २०७८ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App