कला

विस्तारवादी पर्खाल, ढालेको मन परेन

गजल

चिरञ्जीवी ढकाल

 

विस्तारवादी पर्खाल, ढालेको  मन  परेन,

अन्धकारमा  बिजुली, बालेको  मन  परेन।

 

खाल्डाखुल्डीमा हिँड्न,बानी परेकाहरूलाई,

पुरेर   खाल्डा   सडक,  टालेको  मन  परेन।

 

सदियौं जरा गाडेको, ढिलासुस्तीको संस्कार,

जरैदेखि उखेलेर, फालेको  मन  परेन।

 

राष्ट्रलाई  दक्षिणको, चंगुलबाट  निकाल्न,

उत्तरतर्फ   पाइला,   चालेको   मन  परेन।

 

दशकौंदेखि  हराएका, काली लिपु  लिम्पिया,

नेपालको  नक्साभित्र, हालेको  मन  परेन।

 

बम,   बारुद   र   कपटले,   मैलिएको  भूमि,

चम्चमाउने गरी, पखालेको   मन   परेन।

 

हेरी बस्न  गाह्रो भयो, राजीनामा   दिने  अरे,

लालगद्दारहरूले,    दालेको    मन   परेन।

प्रकाशित: २७ वैशाख २०७८ ०३:५८ सोमबार

अक्षर