कला

डेट एक्सपायर

लघुकथा

पहिलो व्यापारी – यो कोरोना भन्ने रोगले हाम्रो व्यवसाय नै चौपट पार्यो।

दोस्रो – मेरो त झन् बर्बादै भो जुत्ता पसल।  

तेस्रो –मेरो त कपडा पसल खत्तम भयो।  

चौथो –तँपाईहरू भन्नुहुन्छ मेरो रक्सी पसल बन्द गर्ने अवस्था भो।  

पाँचौं – कस्लाई पो  खति भएन ?

यतिकैमा अर्की महिला बिलौना पोख्दै आइन् –मलाई त झन् मर्नु बनायो। रोगले नभेटे पनि रोगले भेटेभन्दा गाह्रो बनायो।  

तीमध्ये केहीले भने –के त्यस्तो गाह्रो भो नि ? रोग नलाग्नु नै ठूलो कुरा हो। कस्लाई गाह्रो भएन र ? सबैको व्यावसाय नै ठप्प भयो। 

फेरि उन्ले भन्न थालिन्– तँपाईहरूकोभन्दा मेरो झन् चौपट्ट भयो। आखिर मान्छेलाई जति जे भए पनि खानै पर्छ। होटल व्यवसााय गर्नेहरूकामा लुकेर भए पनि खान आउँछन् नै । कपडा, जुत्ता पसलका सामान कहिल्यै बिग्रन्न। रक्सी पसल नचल्ने कुरै भएन। नेपालीलाई खुशी र दुखमा पनि रक्सी पिउने बहाना हुन्छ। राजनीतिक पार्टीका कार्यकर्ताहरूको रक्सी नखाई राजनीति नै चल्दैन। सबैभन्दा मजस्ता व्यवसायीलाई मर्नु न बाँच्नु भयो।  

–हैन के त्यस्तो व्यवसाय हो तँपाईको चाहिँ त्यस्तो मर्नु न बाँच्नु बनाउने ? एउटाले सोध्यो।

–कस्मेटिक्स पसल नि। उन्ले जवाफमा भनिन् ।

–ए तँपाईको झन् गजब रैछ। म्हिलाहरू बरु भोकै बस्छन्। शृङ्गारका सामान नभई कहाँ बाँच्न सक्लान् ?

उनले दिक्क मान्दै भनिन् –भन्नुहुन्छ, कोरोनाले सबै महिला घरभित्रै थन्किएर भूतजस्तै भइसके।   कहीँ जानु पाउनु छैन।   कहीँ गइहाले पनि मुखमा मास्क लाउनुपरेकाले झन् लिप्स्टिक त बिक्नै छाड्यो। शृंगार गरेर देखाउनै नपाएपछि कस्ले किन्ने? सबै सामानको डेट एक्स्पायर भएर समानहरू बर्बाद भए। 

उनको कुरा सुनेर सबै पुरुषहरू मुखामुख गर्दै हाँसे।

प्रकाशित: ५ चैत्र २०७७ १२:०८ बिहीबार

अक्षर