कला

किनकिन यस्तो लाग्यो नदेखेकै जाती

गीत

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती,

किन– किन यस्तो लाग्यो नदेखेकै जाती ।

सपनीमा आउँछौ तिमी छुनुमुनु गर्छौ ,

विपनीमा आउँछौ अनि गुनुगुनु गर्छौ ।

भै गो अब नआऊ तिमी सधैं राति–राति,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती ।

तिम्रो सुख मेरो सुख फरक हुँदो रै’छ,

बाटो फरक भएपछि एक्लै हिंड्ने है’छ

भै गो अब चाहन्न म सुन्न नानाभाँती,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती।

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती।

प्रकाशित: २९ फाल्गुन २०७७ ०९:१० शनिबार

अक्षर