कला

कोहीभन्दा कोही कम हुनु हुँदैन

मुक्तक

          १)

कोहीभन्दा कोही कम हुनु हुँदैन,

मान्छेले मान्छेलाई नै छुनु हुँदैन ।

हैन के भ्रम छ अझै मान्छेमा खै,  

सुन्छु केटा मान्छे भएर रुनु हुँदैन ।

         २)

जहिले आफै हार्नुपर्ने दाउ बोकेको छु,

अनुहारमा हाँसो मनमा घाउ बोकेको छु ।

देख्छ  दुनियाँले संसारकै खुसी मान्छे मलाई,

तर मैले आँखामै सिङ्गो तलाउ बोकेको छु ।

प्रकाशित: २४ फाल्गुन २०७७ १२:०४ सोमबार

अक्षर