कला

म खोजूँ कसोरी कहाँ भेट्न जाउँ

कविता

म खोजूँ कसोरी कहाँ भेट्न जाउँ,

सधैं लाग्छ भेटौ र दिल्मा सजाऊँ ।

 

नियालेर बाटो परेली भिजाई,

बसें नित्य पर्खी तिमी हेर्न आऊ ।

 

गलेको छ काया जलेको छ आत्मा,  

चितामा नडढ्दै छिट्टै भेट्न पाऊँ ।

 

बसें आस गर्दै नहोला कि भेट,  

नफालेर तस्विर जतनले सजाऊ ।

 

चकोर् झैं जुनेली निशामा हराई,

निखारेर आँसु सिरानी भिजाऊ।

 

म जल्दा चितामा नझारेर आँसु,

दयाले सजेको अँजुली चढाऊ ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०९:०० बुधबार

अक्षर