अर्जुन चाम्लिङ राई
फूल रहेछ जिन्दगी वसन्तमा फुलिरहन्ने,
काँडा रहेछ मुटुभित्र बिझाइरहन्ने।
कति उराठलाग्दो छ जिन्दगी
बेसहारा गरीबका लागि,
कति रमाइलो अनमोल छ जिन्दगी
सम्पन्न हुनेहरूका लागि।
कति स्वार्थी छ जिन्दगी
हरस्वार्थ पूरा गर्नेहरूका लागि,
कति निश्छल छ कोमल हृदय हुनेहरूका लागि।
मस्तीमा रमाइरहेको छ जिन्दगी
ताजमहलमा बस्नेहरूका लागि,
दुखपीडामा छटपटाइरहेको छ जिन्दगी
झुपडीको सुकुल गुन्द्रीमा सुत्नेहरूका लागि।
यस्तै छ मानवको जिन्दगी दुखपीडासँग लड्नुपर्ने,
आत्माभित्र जति नै रोए पनि आफन्तसामु हाँस्नुपर्ने।
प्रकाशित: ४ कार्तिक २०७७ ०८:२० मंगलबार