कला

योगी आदित्यनाथका लागि उदितनारायणले गाए ‘मितवा तुझको क्या डर है...'

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नयाँ फिल्म सिटी बनाउने फैसलाको फिल्मी क्षेत्रमा कलाकारहरुले स्वागत गरेका छन्।

मंगलबार लखनऊमा योगी आदित्यनाथको अध्यक्षतामा युपीलाई फिल्म सिटी बनाउने बिषयमा बैठक बसेको थियो।

वलिउडका चर्चित कलाकारहरुको उपस्थिती रहेको यस बैठकमा योगी आदित्यनाथले उनीहरुसँग फिल्मी क्षेत्रका बारेमा कुराकानी गरेका थिए।  

यसैबीच गायक उदितनारायण झाले मुख्यमन्त्री योगीका लागी  ‘मितवा तुझको क्या डर है रे...सच और साहस है जिसके मन में, अंत में जीत उसी की रहे...’ बोलको गित गाएका थिए।

उनले गित गाएपछि मुख्यमन्त्री योगीले नमस्कार गर्दै धन्यवाद दिएका थिए।

यस बैठकमा सुपर स्टार रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्त,निर्माता निर्देशक मधुर भंडारकर, अभिनेता प्रियदर्शन, रवीना टंडन, सुभाष घई, परेश रावल, गायक अनूप जलोटा, उदित नारायण, कैलाश खेर, लेखक विजयेंद्र प्रसाद, गीतकार मनोज मुन्तस्सिर लगायतका कलाकारको सहभागीथा थियो।।साथै  अनुपम खेर  लगायत अन्य कलाकारहरु भिडियो कन्फरेन्सबाट जोडिएका थिए।

प्रकाशित: ७ आश्विन २०७७ ०८:२४ बुधबार

योगी आदित्यनाथ फिल्मी क्षेत्र उदितनारायण झा