कला

बलरामको योजना

बालकथा

 

लक्ष्मी उप्रेती  

एउटा सानो गाउँ थियो । त्यो गाउँमा एउटा जमीनदारको परिवार थियो । आधा गाउँ बराबर उसको जग्गा थियो । त्यति धेरै जग्गा हुँदा पनि उसको अन्न जहिले कम हुन्थ्यो ।  

एकदिन एउटा मानिस काम खोज्दै जमीनदारकामा आयो । जमीनदारले उसलाई आफ्नो कारिन्दाका रूपमा राख्यो । बलराम नामको त्यो मानिस मेहनती थियो ।  

“जति नै मेहनत गरे पनि उब्जनी हुदैन । ”–जमीनदारलाई ऊभन्दा अघिका कारिन्दाले भन्थे ।  

बलरामले काम थालेको पहिलो सालमा थुप्रै अन्न भयो । पहिलेका कामदारहरूले उसलाई हटाउने अनेक चाल खेले । जे भए पनि बलरामले आफ्नो काम छाडेन् ।  

यसरी पाँच वर्षमा जमीनदारकोे अवस्था सुध्रियो  । जमीनदार बलरामको कामबाट प्रसन्न भयो । एकदिन “बलराम, तिमीबाट म एकदमै खुसी छु । तिम्रो मेहनतबाट नै धेरै अन्न उब्जियो । तिमी इमानदार पनि छौ । त्यसैले ऊ त्यो घरखेत तिम्रो हो । अब तिम्रो पनि आफ्नै खेतबारी भयो । मेरो खेती पनि रेखदेख गर” जमीनदारले अलिपरको घरखेत देखाउदै उसलाई भन्यो ।

उसकालाई चाइने सम्पूर्ण सरसामान जमीनदारले नै जुटाइदियो  ।  केही दिनमा नै बलराम आफ्नै घरमा भित्रियो । त्यसपछि ऊ आफ्नो खेतमा काम गर्न थाल्यो ।  

त्यही साल धेरै पानी प¥यो । एकरात बाढीले घरसहित उसलाई पनि बगायो । बगाउँदै लगेर एउटा ढिस्कामा उसलाई हुत्यायो ।  

केही समयपछि बलरामको होस खुल्यो । त्यसबेला नयाँ ठाउँमा आपूmलाई पायो । उठेर वरिपरि हे¥यो, टाढा एउटा गाउँ देख्यो । बिस्तारै बलराम त्यही गाउँतिर लाग्यो ।  

गाउँमा आउँदै गरेको उस्लाई गाउँलेहरूले देखे । अनि गाउँलेहरूले ‘आफ्नो गाउँको मुखिया हुने मानिस आयो’ भनेर ढोल पिटाए । एकैछिनमा गाउँलेहरू उसको वरिपरि भेला भए । उसलाई हेर्न गाँउलेहरूको भीड लागेको थियो ।  

हर्षबढाइँका साथ उसलाई स्वादिष्ट खानपिन गराए । बलराम भोकले व्याकुल भएकोे थियो । त्यसैले केही नसोची त्यसबेला खानेकुरा कपाकप खायो ।  

चित्र –१  त्यसपछि गाँउलेले उसलाई नयाँ पोसाक पहिराइदिए ।  

गाउँलेले यसो गर्दा “तपार्इँहरूले किन यसो गर्नुभएको हो ?”  बलरामले सोध्यो ।  

भेलामा आएका एकजना बुढाबाले “वर्षायाममा आउने नौलो व्यक्तिलाई हाम्रो मुखिया बनाउने चलन छ । उसले नाइँ भन्न पाउदैन । उस्लाई मुखियाको पदभार जिम्मा लगाउँछौँ । गाउँको विकास र गाउँलेको सेवा उसले गर्नुपर्छ । मुखियाको अवधि दुई वर्षको हुन्छ । दुईवर्ष सम्ममा उस्को कामको लेखाजोखा हुन्छ । नराम्रो काम गर्नेलाई ऊ त्यो मरुभूमिमा छाडिन्छ । त्यहाँ जति बाँच्छ त्यो गाउँलेले मतलव राख्दैन ।  त्यहाँबाट जहाँसुकै जाओस्, जेसुकै गरोस्, उसको कुरो हो । यो गाउँमा चै फर्केर आउन पाउँदैन । अन्तै जान सके जान्छ, नत्र त्यही उसको अन्त हुन्छ ।

यदि राम्रो काम ग¥यो भने थेप्रै धनमाल दिइन्छ । त्यसपछि ऊ जहाँ जान चाहन्छ राम्ररि बिदा गरिन्छ । त्यसैले अब तपाई यो गाउँको मुखिया हुनु भयो ।” गाउँमा चलिआएको चलनबारे सुनाए ।  

   बलरामले नचाएर पनि मुखिया भयो । त्यसपछि इमानले आप्mनो पदभारको दाइत्व निर्भाह गर्न लाग्यो ।

  एकरात बलरामले सपनामा देख्यो । त्यो मरुभूमि सुन्दर गाउँ भएको थियो । त्यहिँ उसले घर बनाएर बसेको थियो ।  

त्यसपछि त्यो ठाउँ हेर्न जाने बिचार ग¥यो । केहीदिनमा कर्मचारीलाई लिएर बलराम त्यहाँ गयो ।  

फराकिलो फाँटको त्यो मरुभूमि निकै क्षेत्रफलको थियो । त्यहाँबाट त्यो गाउँबाहेक अन्त जाने बाटो थिएन । वरिपरि ठूलो ताल थियो । तालपारि डरलाग्दो पानीको दलदल जस्तो देखिन्थ्यो ।

यहाँ के गर्न सकिएला भनेर उसले सोच्यो । वरिपरि घुमीघुमी के कस्तो छ सबै राम्ररी हे¥यो । निकैबेरे अवलोकन गरेर उनीहरू गाउँ फर्किए । फर्किएपछि कर्मचारीहरूसँग निकै विचारविमर्श ग¥यो ।  

चित्र – २ ‘चाहेमा दुई वर्षसम्ममा त्यहाँको विकास गर्न सकिन्छ होला ।’ उसले मनमनै सोच्यो ।

त्यसपछि सबैको सल्लाहले कामको योजना बनायो । त्यो मरुभूमिको विकासमा गाउँका युवा र महिला जनशक्तिलाई खटायो । उनीहरूसँग सँगै काममा ऊ पनि लाग्यो । 

त्यो काममा सबै उत्सहित भई अघि बढे । आपूm मुखिया भएको गाउँको पनि विकास गर्दै लग्यो ।

 उनीहरूको जागरले तालबाट पानी लाने कुलो खानेपानी भएपछि अन्नबाली उब्जने जमीन भयो । बाटो घाटो बनाए । फलपूmलका रूखबिरुवा रोपेर उद्यान बनाए । घर नहुनेलाई घर बनाउने व्यावस्था भयो । हेर्दाहेर्दै दुई वर्षमा रहरलाग्दो नयाँ गाउँ भयो ।

दुई वर्षको मुखियाको पदभार बलरामले राम्ररी निभायोे । उसको बुद्धिले मरुभूमि पनि हराभरा भयो । त्यसपछि उसले त्यही घर बनायो । अनि सहयोगीका साथ ऊ त्यो नयाँ गाउँमा बस्यो ।

आफ्नो बुद्धि र विवेकले बलरामको बिचल्ली भएन । गाउँलेहरू बलरामसँग अति प्रसन्न भए ।  

प्रकाशित: १७ भाद्र २०७७ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App