कला

पीडक पत्नी

कथा

शान्ति शर्मा

उनीसँग मेरो बिहे हुँदा उनी बीस वर्षकी थिइन्, म पच्चीसको। दुई–चार वर्ष ठीकै खालको जीवन बित्यो। हामीबाट एक छोरी र एक छोरा जन्मिए। यतिबेलासम्म सवितालाई मैले राम्रै मानेको थिएँ।  

उनले छुट्टिएर बस्नका लागि मलाई रातदिन टोकसो गरेपछि हामी बाबुआमाबाट अलग बस्न थाल्यौं। छोरो जन्मेको दुई वर्षपछि उनले विदेश जाने मन गरिन्। उनका एक–दुईजना आफन्त तथा साथीभाइ उतै रहेछन्। तिनको रहनसहन, विलासिता देखेर लालायित भएकी सवितालाई मैले रोक्न पनि सकिनँ। उनको खुसीकै लागि मैले अस्वीकृति जनाइनँ। त्यतिबेला केयर किपिङमा इजरायल जानको लागि धमाधम भिसा खुलेको थियो। उनलाई पनि त्यति साह्रो झञ्झट नगरी सजिलै भिसा लाग्यो।

एकपटक त कुरो निकालेको पनि हुँ, “सविता, छोराछोरी सानै छन्। किन जानुप-यो विदेश?”

जवाफमा भनिन्, “तपाईंको के काम छ त? जागिरसागिर भए पो गाह्रो। बसिराख्ने मान्छेले त्यति छोराछोरी हेर्न सकिहालिन्छ नि।”

त्यसपछि म केही बोलिनँ। सविता इजरायल गएपछि ससाना छोराछोरीको पालनपोषण र स्याहारसुसारको सम्पूर्ण जिम्मा मेरो काँधमा आइपरेको थियो। त्यतिबेला छोरी नीरा छ वर्षकी र छोरो निराजन दुई वर्षका थिए।  

सविता हेर्नमा राम्री, मिजासिलो बानीबेहोरा, अनुशासित पनि भएकाले मैले अन्त मन लगाइनँ। आफू पनि छलकपट, दायाँबायाँ मन नपराउने भएकाले अनावश्यक तडकभडक र आडम्बर मन पर्दैनथ्यो। यत्तिको केटी बिहे गरेपछि जीवन राम्रैसँग चल्छ भन्ने सोचेँ।  

कलिला बालबच्चा छाडेर गएकी सविता दश वर्ष इजरायलमा बसिन्। दशै वर्ष छोराछोरीलाई एकछिन पनि नछाडी सुसार गरेर म यतै बसेँ।

घरको कामले मलाई एकछिन फुर्सद हुँदैनथ्यो। आमा र बुबा दुवैको भूमिकामा बसेर कर्तव्य निर्वाह गर्नुपथ्र्यो। तैपनि मलाई झिँझो लागेन। मैले आमाको मायाको अभाव हुन दिइनँ। मेरो मन रमाइरहेको थियो, छोराछोरीसँग। सवितासँग प्रायः बेलुकी सुत्नेबेलामा कुरा हुन्थ्यो। बेलुकी एकपटक भिडियो अन गरेर छोराछोरीलाई नदेखाई हुँदैनथ्यो।  

तर बिस्तारै सविताको मप्रतिको व्यवहारमा फरकपन महसुस हुनथाल्यो। भिडियोमा बच्चालाई देखाएपछि एउटा न एउटा अपजस उनको मुखबाट सुन्नुपथ्र्यो मैले।

“बच्चालाई कति फोहोरी बनाएर राखेको?”

“सानो बाबु किन दुब्लाउँदै गएको हँ?”

“दूध राम्रोसँग खान पाएको छैन क्या हो?”

“टाइम–टाइममा खान पाएका छैनन् कि?”

“नानीको अनुहार खुसी छैन नि किन हो?”

यस्ता खालका एक न एक प्रश्न मेरो टाउकोमाथि बजारेर नै छाड्थिन् सविताले। मैले एउटा कुशल गृहिणीकोझैं भूमिका निभाउनुपथ्र्यो। यसो बच्चा फोहोरी देखिए भने कपडा फेरिदिइहाल्थेँ। एक दिन बिराएर नुहाइदिन्थेँ। भोक लाग्यो भन्नेबित्तिकै सबै काम छाडेर उनीहरूलाई ख्वाउनतिर लाग्थेँ। आखिर के कमी थियो र एउटी आमाले गरेभन्दा त्यो स्याहारसुसारमा?

घरमा आमा छैनन्, बाबुले वास्ता गरेन भन्ने लोकोपवादबाट म सधैं त्रसित हुन्थेँ। म मरिमेटेर सवितालाई खुसी पार्ने प्रयत्नमा लागिरहन्थेँ। तर उनी भने कहिल्यै मबाट खुसी देखिन्नथिन्। दिक्दारीको कालो बादल मडारिन्थ्यो कहिलेकाहीँ मनको आकाशभरि। यति मात्र गुनासो भए त सहेकै थिएँ। हुँदाहुँदा उनले मैमाथि अनेक शङा–उपशङ्काको तीर हान्न थालिन्। झुटा आरोपको जालो फिँजाउन थालिन्। अनेक तरहका मानसिक तनाव हुने कुरा गर्न थालिन् ः

“दिउँसो कहाँ जान्छौ अचेल ?”

“यति धेरै पैसा पठाएकी छु, केमा खर्च गरेका छौ?”

“तिम्रो फेसबुकमा कमेन्ट गर्ने त्यो आइमाई को हो नि?”

“आजकल भट्टीतिर नि छिर्न थालेका छौ कि क्यो हो?”

“तीनवटा ‘र’ मा भुल्ने होइन नि फेरि !”

हरे! यो आइमाईले मलाई के सोचेकी होली? भेटेदेखि उत्तिखेरै छप्काउँथेँ, रिसले म मुर्मुरिन्थेँ। भित्रभित्रै मभित्रको पुरुषत्व उम्लिएर आउँथ्यो। तर म लाचार लोग्ने न परेँ, के पो गर्न सक्थेँ र? यस्ता अनगिन्ती चाहिँदा–नचाहिँदा, हुँदा–नहुँदा खुरापाती प्रश्न मेरो टाउकोमा कति हो कति बजारिरहन्थिन् उनी। यस्तो लाग्थ्यो, मानौं म उनको लोग्ने नभएर सौताको छोरो हुँ।

म उनको वैदेशिक जीवन नियाल्थेँ। कति मस्ती थियो उनलाई! विकेन्ड मनाउन रेस्टुरेन्टमा वाइनका ग्लास समातेर साथीभाइसँग नाचगानमा भुलेको दृश्य। कहिले पार्क त कहिले सामुद्रिक तटमा अर्धनग्न अवस्थामा डुलेकी हुन्थिन् उनी।

उनको मप्रति एक प्रतिशत पनि विश्वास थिएन। म भने छोराछोरी स्कुल पठाएपछि तिनका ड्रेसदेखि लिएर अन्य कपडा धुन्थेँ। घर सिनित्तै सफा गरेर राख्थेँ। एकछिन आराम गरेर खाजा पकाउनासाथ उनीहरूलाई विद्यालय लिन जान बेर भइसकेको हुन्थ्यो। विद्यालयबाट फर्केपछि खाजा खुवाएर उनीहरूको गृहकार्य गराउन थाल्थेँ। एकछिन करेसाबारीतिर जान्थेँ। आफूलाई पुग्ने तरकारी पनि उब्जाएको थिएँ। बेलुकीको खाना बनाउन अबेर भइसकेको हुन्थ्यो। बच्चाहरू चाँडो सुत्न खोज्थे। भोकै निदाउँछन् कि भनेर त्रसित हुन्थेँ म। खाना खुवाइवरी सवितासँग गफ गराउन भिडियो च्याटमा बसाउथेँ। यसरी मेरो प्रत्येक दिनको सेड्युल तय हुन्थ्यो।  

एकदिन त छोरी पनि दङ्ग परिछ र भनी, “बाबा हजुरले हाम्रा लागि कति धेरै काम गर्नुहुन्छ है! कति दुःख छ है बाबालाई। पख्नुस् ठूलो भएपछि म हजुरलाई सुखसँग पाल्छुु नि हस्?”

उसका कुराले म द्रवीभूत भएँ। पग्लिएको मन थाहै नपाई आँखाबाट सुलुलु बगेछ। फेरि छोरीले जिस्काउँदा पो झसङ्ग भएँ।

“हाहा... बाबा त केटामान्छे भएर पनि रुनुभाछ...!”

उसले कताबाट सुनेकी रहिछे—केटा मान्छेको मन कठोर हुन्छ, सितिमिति रुदैनन्। म पनि त सितिमिति रुने मान्छे कहाँ हुँ र? उसलाई केही भन्न सक्दिनथेँ म। बालमनोविज्ञानसँग डर पनि लाग्थ्यो। त्यसैले भित्रभित्रै रुन्थेँ। भित्रभित्रै चित्त बुझाउँथेँ।  

तर मैले जति गर्दा पनि जस नपाएको देख्दा अचम्म लाग्थ्यो। आखिर किन सविता मैले गरेको कामबाट कहिल्यै खुसी हुँदिनन्?

म उनको वैदेशिक जीवन नियाल्थेँ। कति मस्ती थियो उनलाई! त्यही रिल्याक्स खोज्न त गकी होस् नि भन्थेँ मनमनै। विकेन्ड मनाउनका लागि रेस्टुरेन्टमा वाइनका ग्लास समातेर साथीभाइसँग नाचगानमा भुलेको दृश्य। कहिले पार्क त कहिले सामुद्रिक तटमा अर्धनग्न अवस्थामा डुलेकी हुन्थिन् उनी। म कहाँ रोक्न सक्थेँ र उनलाई ! बरू उनी रमाएकोमा आनन्द मान्थेँ म। उनलाई आफ्नो मनोमानी थियो नि। तर मप्रति भने सधैं एकपछि अर्को आरोप थप्दै जान्थिन्, जसले मेरो हृदय चिरिन्थ्यो।

एकदिन रामजी आएर भन्यो, “हिँड्, घुम्न जाऊँ। कति घरबुढो भएर बस्छस्?” ऊ र म निकै मिल्ने साथी। उसका कुराले मलाई सियोले जस्तै घोच्यो। तैपनि टार्न खोजेँ, “भयो यार, जान्नँ । केटाकेटी स्कुलबाट आउँछन्। खाजा बनाएको पनि छैन। आज घरको काम पनि थुप्रै बाँकी छ।”  

मेरो पनि त मनै हो नि। घुम्ने रहर कसलाई हुँदैन र?

एकदिन सविताको बिदाको समय पारेर कुरा गर्न बसेँ। केटाकेटी छुट्टै कोठामा पढ्दै थिए।  

“हाई सविता, के छ तिम्रो खबर ?”

“ठीकै छ, त्यता के छ? बच्चा–बच्चीलाई राम्रोसँग हेरेका त छौ नि?” उनको आवाजमा एक प्रकारको कठोरता मिसिएको थियो।  

“सकेसम्म त हेरैकै छु क्यारे।”

कमसे कम तपाईंलाई कस्तो छ? भनेर सञ्चो–बिसञ्चो त सोध्न सक्थी होला नि! छिः कति चढेकी आइमाई रहिछ। पैसाले कस्तरी शूली चढाउँदोरहेछ मान्छेलाई! मनले त्यस्तै ठान्यो त्यतिबेला। त्यसपछि कति दिनसम्म उनीसँग बोल्न मन भएन।

“हेर, मलाई लटरपटर कुरा आउँदैन। म यहाँ दुःख गरेर बसेकी छु छोराछोरीका लागि। त्यहाँ उनीहरूलाई आफूजस्तै झुत्रेझाम्रे बनाएर मेरो बेइज्जत गर्ने होइन नि फेरि।”

“सविता, तिमी मलाई पटक्कै विश्वास गर्दिनौ। फेरि किन मेरै भरमा छाडेर विदेश गयौ त?”

उनका कुराले मेरा कन्सिरी अघि नै तातिसकेका थिए। त्यति भनेर अरू केही नबोली मोबाइल अफ गरेँ। कमसे कम तपाईंलाई कस्तो छ? भनेर सञ्चो–बिसञ्चो त सोध्न सक्थी होला नि! छिः कति चढेकी आइमाई रहिछ। पैसाले कस्तरी शूली चढाउँदोरहेछ मान्छेलाई! मनले त्यस्तै ठान्यो त्यतिबेला। त्यसपछि कति दिनसम्म उनीसँग बोल्न मन भएन।

०००

सविताको माइतीघर विराटनगर हो। मामाको छोरीको साथी रहिछन्। उतैबाट बिहेको प्रस्ताव आएपछि म पनि पहिलोपटक विराटनगर पुगेको थिएँ उनलाई हेर्न।  

आकाश धुम्म भएको थियो। मनमा अनेक किसिमका जिज्ञासाहरू उब्जिएका थिए। एउटा नवीन उत्साह भरिएको थियो। कस्ती होली केटी ? उसका परिवार खानदान कस्ता होलान्! यति लामो बाटो पार गरेर आएँ, कतै मलाई ऊ मन परिनँ भने? कतै उसलाई म मन परिनँ भने? वा दुवैलाई दुवै मन परेन भने? बिहे भन्ने कुरा माखा धपाउँदाखेरि भड्किन्छ भन्ने पनि सुनेको छु। कति कमजोर सम्बन्ध! कपासले कातेको बत्तीजस्तो।  

सविता पहिलेजस्ती सोझीसाझी कहाँ थिइन् र अब? हेर्दाहेर्दै एउटी बघिनी घरभित्र छिरेको अनुभूति गरेँ मैले। 

म र मामा भएर गाडीमा जाँदै थियौं। लामो बाटो, मामाको भने गाडीमै निदाउने बानी रहेछ। त्यसैले उहाँ मस्त निद्रामा हुनुहुन्थ्यो। म भने जति लामो यात्रा गर्दा पनि कहिल्यै निद्रा लागेन। त्यसमाथि मनमा अनेक छालहरू तरङ्गित भइरहेका थिए। यस्तोमा म कसरी निदाउन सक्थेँ र? साँझमा हामी केटीको घर पुग्यौं। पाहुना आउँछन् भनेर भव्य तयारी गरेका रहेछन्। मामाको पहिल्यैदेखिको चिनजान, उहाँले त खुलेर गफ गर्नुभयो। म भने उकुसमुकुस भएर बसेँ।

भोलिपल्ट चियासँगै बिहेको प्रसङ्ग चल्यो। चिया लिएर आउने केटी नै रहिछ मेरो हुने वाला। उसले चिया राखेर फर्केपछि मामाले कोट्याउँदै कानेखुसी गरेर भन्नुभयो, “भान्जा, केटी उनै हुन्। मन प¥यो कि परेन?” मैले त्यही केटी हो भन्ने थाहा पाएको भए अलि नियालेर हेर्दो हुँ नि भन्ने सोचेँ। तैपनि सरर हेर्दा त्यति नहुने जस्तो लागेन।

दुवै पक्ष मञ्जुर भएपछि बिहेका लागि तयार भइयो। सविता हेर्नमा राम्री, मिजासिलो बानीबेहोरा, अनुशासित पनि भएकाले मैले अन्त मन लगाइनँ। हुनत  एकैछिनको बसाइ र हेराइमा कुनै पनि मान्छेको सम्पूर्णताको आँकलन गर्न कसरी सकिन्छ र? आफू पनि छलकपट, दायाँबायाँ मन नपराउने भएकाले अनावश्यक तडकभडक र आडम्बर मन पर्दैनथ्यो। यत्तिको केटी बिहे गरेपछि जीवन राम्रैसँग चल्छ भन्ने सोचेँ।  

उनी मसँग हिँड्न लजाउन थालिन्। कोही अपरिचितका अगाडि ‘उहाँ मेरा श्रीमान् हुनुहुन्छ’ भन्न पनि सङ्कोच मानेझैं गर्थिन्। म के भन्न सक्थेँ र उनलाई? उनकै डाँको र थर्कावटले मेरो शरीर झन्झनाउँथ्यो।  

विराटनगरको बीच बजारमै थियो उनको माइतीघर। त्यस समाजमा छुट्टै खालको रवाफ रहेछ उनीहरूको। सबैले मान्दा रहेछन्।

बिहेको पहिलो रात। सविता घोसेमुण्टो लाएर बिस्तराको छेउमा टुसुक्क बसेकी थिइन्। बिचरी, विवाह मण्डपमा देखेदेखि नै त्यस्तै घोसेमुण्टो लाएको देखिराको थिएँ मैले। माया लागेर आयो, कति दुख्यो होला त्यो गर्धन पनि!  

मैले आफ्नो पटुकीमा सिउरेको खुकुरी निकालेँ। हिजो बिहानैदेखि लगाएका लुगा अटसमटस भएका थिए। सर्लक्कै खोलेँ। अनि हलुका लुगा लगाएँ। उनको छेउमा गएर टुसुक्क बसेँ। हल्कासँग एउटा हात उनको कम्मरतिर घुसार्दै अर्को हातले चिउँडो उचालेँ। यत्तिमै पनि मेरो मन खलबलिइसकेको थियो। उनी भने सञ्चो नमानेझैं देखिइन्। सोचेँ, गर्धन त साह्रै नै दुखेछ।  

त्यो रातले जे मागेको थियो, जसरी बित्नु थियो, त्यसरी नै भयो।  

अर्को दिनदेखि हामी खुलेर बोल्न थाल्यौं। अर्थात् मन खोल्न सक्ने बनायो एकै रातले।

शरद् ऋतुको आगमनसँगै आकाश खुलेको थियो। वातावरण एकदम स्वच्छ, एकदम निर्मल देखिन्थ्यो। बाटाघाटाहरू सफा थिए। बिहेपछि पहिलोपटकको दशैं थियो हाम्रा लागि। वरिपरि दशैंको माहोल तातिरहेको थियो। लट्ठे पिङ र जाँते पिङमा केटाकेटीहरू रमाइरहेका थिए। खसीबोका काट्ने तम्तयारी गर्दै थिए मान्छेहरू। गाउँमा हुँदाखाने र हुनेखानेबीचको अन्तर प्रस्टै देखिन्थ्यो।  

टीकाको भोलिपल्ट सविताको माइतीघर जानु थियो। पहिलोपटक ससुराली टीका थाप्न जाँदा कोसेली लानुपर्छ भनेर आमाले सेलरोटी, कुराउनी केके तयार गर्नुभयो। टीका थाप्न म उनीसँगै ससुराली गएँ। नयाँ ज्वाइँ भनेर राम्रै सम्मान पनि गरे। तैपनि मेरोभन्दा आर्थिक स्तर अलि उच्च भएकाले छुट्टै खालको रवाफ पनि देखेँ त्यहाँ। अलि नसुहाउँदो। अलि नपच्ने खालको। तैपनि केही बोल्नु उचित लागेन। फर्केर आउँदा मन भारी भयो।

कहिलेकाहीँ त यस्तो लाग्थ्यो, बरू आइमाई नै भएर जन्मेको भए लोग्नेको मायामा रम्न पाउँथेँ नि म पनि। दुःख पर्दा चिच्याएर रुन त पाउँथेँ। अहिले आएर मलाई पुरुष हुनुभन्दा महिला हुनु धेरै जाती लाग्न थाल्यो।

पूर्णिमाको दिन नै घरतिर फर्केका थियौं हामी। नाना प्रकारका कोसेलीपात पठाएका थिए उनका माइतीले। बाटोमा आउँदा मेरा मनमा अनेक कुरा खेल्न थाले। आँखामा दुई दिन बसेको ससुरालीघरको रोवरवाफ घुमिरह्यो। म कहाँ चितवनको मान्छे, यहाँ आइपुगेँ बिहे गर्नलाई! चितवनमा केटी नै नभएजस्तो।  

मलाई झट्ट आमाको कुरा याद आयो। उहाँ जुनसुकै कुरालाई पनि लेखान्तरसँग जोड्नुहुन्थ्यो। आआफ्नो भागभोगको कुरा हो भन्नुहुन्थ्यो। मलाई अहिले पो मर्मस्पर्शी लाग्यो, आमाका कुरा। अलिकति सानो झड्का लागेजस्तो पनि भयो। सोचेँ, जे भए पनि बिहे त आफ्नै स्तरका र हैसियत मिल्नेसँग गर्नुपर्ने रहेछ। बरू दुःख पाउनेकी छोरी नै ठीक लाग्यो। मलाई मेरा ससुराली अर्थात् सविताका माइती सम्पन्नशाली हुनुमा कुनै गर्व लागेन।

०००

“बाबा! खान खाम् न, भोक लाग्यो।”

एक्कासि छोरीले पछाडि ढाडमा आएर घच्घच्याउँदा पो स्मृतिबाट बाहिरिएँ म। ओहो ! म त सोच्दासोच्दै भुसुक्क बिर्सेछु। निराजन पढ्दापढ्दै कपीमाथि नै टाउको राखेर निदाएछ। हत्तपत्त उसलाई खाना खुवाएर सुताएँ। आज सवितासँग केटाकेटीलाई कुरा गराउन पनि मन लागेन।

केही दिनपछि सविताले नै म्यासेज पठाइन्। यहाँ हुँदा हजुर, तपाईं भन्ने मान्छे उहाँ गएपछि विदेशी हावा लागेर तिमी भन्न थालेकी थिइन्। उनको यो सम्बोधनमा पनि मैले त्यति आपत्ति जनाइनँ।

“तिमी मसँग रिसायौ कि क्याहो! बोल्नै छाड्यौ नि?”  

जवाफमा मैले यत्ति लेखेँ, “तिमी मभन्दा निकै अगाडि बढिसक्यौ। अब मजस्ताको कुरा के सुन्नु छ र?”  

अलि बलियै भएर भनेँ मैले पनि। पछि म्यासेजमै उनले फकाएजस्तो गरिन्।

समय कति छिटो बितेछ! उनी फर्किने बेला भएछ। विदेश गएपछि बीचमा एकपटक पन्ध्र दिनको छुट्टी मिलाएर नेपाल आएकी थिइन्। पन्ध्र दिन त यसै फासफुस बितेथ्यो। जाने बेलामा बच्चाको राम्रो स्याहार गर है भन्दै बिदाइको हात हल्लाएकी थिइन्। यस्तो लाग्थ्यो, म उनले बच्चा हेर्न राखेको धरालो मात्र हुँ। त्यसभन्दा बढ्दा मेरो कुुनै हैसियत छैन, त्यो घरमा। 

दिनभर जेजस्तो भए पनि रात परेपछि भने उनको व्यवहार र बोलीवचन फेरिन्थ्यो। भगवान्ले बुझ्न नसकेको स्त्री चरित्र, म बिचरो के मेसो पाउन सक्थेँ र! अरू जे भए पनि बिछ्यौनामा मैले उनलाई भरपूर सन्तुष्टि दिनुपथ्र्यो। हररात उनीसँग सम्पर्कमा रहनुपथ्र्यो । म थाक्थेँ तर उनी पटक्कै सेलाउँथिनन्।   

सविता विदेश गएर कमाउन थालेपछि पहिलेको पुरानो घर भत्काएर नयाँ घर बनाएका थियौं हामीले। उनले पटकपटक फोनमा भनेकी थिइन्, “म त्यो थोत्रो घरमा बस्न सक्दिनँ, भत्काएर नयाँ घर बनाऊ।”  

मैले पनि कुनै आज्ञाकारी अनुचरले झैं चुपचाप सहमति जनाएँ। त्यसपछि त मेरो पैतृक सम्पत्ति पनि मेटियो। कताकता आफ्नो सबै अस्तित्व मेटिएजस्तो लाग्यो घरसँगै।

०००

सोच्थेँ, म पनि मान्छे हुँ नि! मेरा पनि अन्य पुरुषका झैं कति रहर र सपनाहरू थिए होलान्। सबै चाहनालाई जुत्ताले चुरोटको ठुटो किचिमिची पारेझैं कुल्चेर पनि घर र बच्चाबच्ची सम्हालेर बसेँ। मनै त हो, जति सोच्यो त्यति नमीठो लाग्दै गयो। अब त सविता आएपछि मलाई ढुक्क हुनेछ। फेरि छोराछोरी पनि ठूला भइसके नि। जिन्दगीका बाँकी रहरहरू अब पूरा गर्नेछु। उनीसँग घुमफिर, मनोरन्जन आदि हुनेछ। कल्पनामा नै पुलकित भएँ म।  

बच्चाहरू हरेक दिन बिहान उठ्नेबित्तिकै सविता फर्कने दिनको औंला गन्थे, यति दिन बाँकी र उति दिन बाँकी भन्दै। म पनि भाँच्थेँ नि औंला त, तर अड्किन्थेँ आफैं। एउटा नजानिँदो उच्छवास निस्किन्थ्यो मेरो मुखबाट। हतारमै समाल्थेँ आफूलाई, बच्चाहरूले थाहा नपाउने गरी।  

अन्ततः प्रतीक्षाको घडी सकियो। सविता फर्किइन् इजरायलबाट। उनी मानसिक र शारीरिकरूपमा एकदम परिवर्तन भएकी थिइन्। घरभित्र पस्नेबित्तिकै उनको गुनासो सुरु भयो:  

घर किन यति फोहोर राखेको?

यो बेड यसरी राख्नुपथ्र्यो।

किचनमा त्यस्ता पुराना भाँडा नराख।

वासरुम किन त्यस्तो?

बाथटब किन नबनाएको... ?

अरू कतिकति गुनासा थप्दै गइन्। म भने लाटो भएको थिएँ, उनका सामु। जवाफ फर्काउने हिम्मत गरिनँ। घरभित्र छिर्न नपाउँदै के रडाको मच्चाऊँ?

सविता पहिलेजस्ती सोझीसाझी कहाँ थिइन् र अब? हेर्दाहेर्दै एउटी बघिनी घरभित्र छिरेको अनुभूति गरेँ मैले।  

उनको पश्चिमेली रहनसहन, ढाँचाकाँचा, भेषभूषा, खानपिन, बोलीवचन आदिले मलाई ‘इरिटेट’ बनायो। म त उनका अगाडि एकदम पाखे, एकदम सोझो, केही नजानेको, केही नदेखेको अनि केही नबुझेको जस्तो मात्र देखिएँ।  

उनी मसँग हिँड्न लजाउन थालिन्। कोही अपरिचितका अगाडि ‘उहाँ मेरा श्रीमान् हुनुहुन्छ’ भन्न पनि सङ्कोच मानेझैं गर्थिन्। आफूलाई एकदम सभ्य र आधुनिक मान्ने उनको बानीका अगाडि म अवाक् भएँ। म के भन्न सक्थेँ र उनलाई? उनकै डाँको र थर्कावटले मेरो शरीर झन्झनाउँथ्यो।  

मैले आफूले आफैंलाई निरीह सोच्न थालेको थिएँ। उनीसँग बच्न सक्ने अन्य कुनै उपाय थिएन। स्वास्नीले मलाई पिटी, म घरेलु हिंसामा परेको छु भन्दै म कहाँ र कसरी न्याय माग्दै हिँडूँ ?

उनको अगाडि त म एक गोठालोसरह बाँचेको थिएँ। उनी नउठ्दै घरको आधा काम भ्याउँथेँ। सबेरै उनलाई बेड टी चाहिन्थ्यो। नास्तामा केहीबेर ढिला भयो भने, “यतिबेला हो नास्ता खाने समय?” भन्दै हपार्थिन्।

मैले उनलाई यत्ति भनेँ, “जिन्दगीलाई सरलतासँग लेऊ सविता!”  

उनी केही बोलिनन्। कहिलेकाहीँ त यस्तो लाग्थ्यो, बरू आइमाई नै भएर जन्मेको भए लोग्नेको मायामा रम्न पाउँथेँ नि म पनि। दुःख पर्दा चिच्याएर रुन त पाउँथेँ। अहिले आएर मलाई पुरुष हुनुभन्दा महिला हुनु धेरै जाती लाग्न थाल्यो।

यति सबै कुरा हुँदाहुँदै पनि मैले आफ्नो पीडा कसैलाई भन्न सक्दैनथेँ। कहिलेकाहीँ जब यात्रामा वा अन्य मानिससँग एकसाथ हुन्थ्यौं, मलाई उनीसँग डर लाग्दैनथ्यो। किनकि अन्य मानिसका अगाडि उनी मलाई कुनै प्रकारका पीडा दिँदैनथिन्। सबैभन्दा महत्वपूर्ण कुरा त एक्लो हुँदा उनीसँग बच्नु थियो।

सुरु सुरुमा त मैले उनका सबै कुरा र व्यवहारलाई सहँदै गएँ। हरेक चिजको पनि आफ्नै सीमा हुन्छ । अति भएपछि सख्खर पनि तितो हुन्छ भनेझैं सबै चिजको महत्व घट्दोरहेछ। धेरै समयसम्म खडेरीले सुकेको मेरो मन अलि रसिलो भएजस्तो लागे पनि बिस्तारै हरेक चिजबाट मर्दै जानथाल्यो।  

दिनभर जेजस्तो भए पनि रात परेपछि भने उनको व्यवहार र बोलीवचन फेरिन्थ्यो। भगवान्ले बुझ्न नसकेको स्त्री चरित्र, म बिचरो के मेसो पाउन सक्थेँ र! अरू जे भए पनि बिछ्यौनामा मैले उनलाई भरपूर सन्तुष्टि दिनुपथ्र्यो। हररात उनीसँग सम्पर्कमा रहनुपथ्र्यो । म थाक्थेँ तर उनी पटक्कै सेलाउँथिनन्। यसअघि मैले कहिल्यै यस्तो अनुभव गरिनँ ।  

उनी विदेशबाट फर्केको सुरुका रातमा त मैले खासै असहमति जनाइनँ। लाग्थ्यो, हामी यतिका वर्षसम्म त बिछोडिएका हौं नि। तर पछिसम्म पनि हररात उनी रोकिइनन्। एकदिन साह्रै दिक्क लागेर मैले बिछ्यौनामा उनको माग पूरा गर्न अस्वीकार गरेँ। उनी मसँग बेस्सरी रिसाइन्। दुई–तीन दिनसम्म मेरो मुख पनि हेरिनन् राम्ररी।

म त लोग्ने मान्छे पो हुँ त, यो नाथे आइमाईका अगाडि किन आँसु झार्नु? किन लाचार बन्नु? मेरो पुरुष मन उकासिन्थ्यो। उनले एक थप्पड लगाउँदा चार थप्पड लाइदिन्छु भनेर हात उठ्थ्यो।  

सोचेँ, शारीरिक सुख त त्यतिबेलासम्म रोचक हुन्छ, जतिबेलासम्म दुवै पक्षले आनन्द लिइरहेका हुन्छन्। नत्र त्यो बलात्कार हुनपुग्छ। बिस्तारै मैले आफूलाई बलात्कृत हुँदै गएको महसुस गर्न थालेँ।  

म घरमा एक्लै बस्न डराउँथेँ । छोराछोरी घरमै हुँदा मन ढुक्क हुन्थ्यो। आफू सुरक्षित छु भन्ने ठान्थेँ। तर जब छोरोछोरी लाखापाखा लाग्थे, उनी मलाई हप्काउने, दप्काउने र मानसिक तनाव दिने खालका कुरा गर्थिन्। मलाई भाउन्न भएर आउँथ्यो। तर म जोडले कराउन पनि नसकी भित्रभित्रै आगो निलेझैं छटपटाउँथेँ। मेरा आँखामा दुर्योधनको झैं क्रोधाग्नि बलिरहेको हुन्थ्यो। तर के गर्न सक्थेँ र ? घरिघरि लाग्थ्यो, दुशासन बनेर दौपदीलाई झैं उनलाई पनि लछारपछार पारूँ। तर म निरीह थिएँ।  

रुने पनि इजाजत नभएको मान्छेले के गर्न सक्छ अरू?

फेरि एउटा मन दरो भएर उभिन्थ्यो मेरा सामु। म त लोग्ने मान्छे पो हुँ त, यो नाथे आइमाईका अगाडि किन आँसु झार्नु? किन लाचार बन्नु? मेरो पुरुष मन उकासिन्थ्यो। उनले एक थप्पड लगाउँदा चार थप्पड लाइदिन्छु भनेर हात उठ्थ्यो। तर उचालिएका हात आफसे आफ बजारिन्थे। यो त रोइहाल्छे अनि छरछिमेकीले स्वास्नी पिट्दोरहेछ भनेर मलाई नै दोषी ठह¥याउने छन्।  

समाज पनि अचम्मै छ नि। स्वास्नीले ‘मलाई लोग्नेले कुट्यो’ भन्दै बाहिर निस्कन सक्ने तर लोग्नेले भने ‘स्वास्नीले पिटी’ भन्दै बाहिर निस्कन सङ्कोच लाग्ने। त्यसैले एकाएक मभित्रको आगो पानीपानी बनेर बग्थ्यो।

अब अति भयो। अरू कोही नभए पनि आफैंले दुःख गरेर हुर्काएका छोराछोरी त मेरा हुन् नि, उसले त पाएर छोडेकी मात्र त हो। यति सोचेर छोरीलाई भनेँ, “छोरी, मम्मीले मलाई साह्रै अपमान गर्छिन्। उनलाई भन न बाबालाई त्यसो नगर्नू, उहाँले हामीलाई कति दुःख गरेर हुर्काउनुभएको हो हजुर नहुँदाखेरी भनेर।”

छोरी जर्कंदै आई, “बाबा, हजुरले मम्मीलाई किन दोष दिनुहुन्छ? हजुरले के गर्नुभएको छ र? यो सबै मम्मीले गर्दा त भएको हो नि।”

उफ्! जस्ताको दूध खायो, त्यस्तै बुद्धि हुँदोरहेछ। यी सन्तान पनि प्रेमले जन्मिएका नभई सहवासका परिणाम रहेछन् जस्तो लाग्यो। छोरीले पनि त्यसो भन्दा मन साह्रै अमिलिएर आयो तर भित्रभित्रै कुँडिएर बसेँ।

सविता त झन् कड्किँदै बोलिन्, “डिभोर्स नै लिने हो भने छोराछोरी मसँगै बस्छन्। केही सम्पत्ति गरिखानका लागि दिउँला अरू केही पाउँदैनौ। ल, जाऊ कहाँ गएर मुद्दा दायर गर्ने हो, गर!”  

म दिनभर घरको कामले थकित हुन्थेँ। उनीचाहिँ आफ्नै साजसजावट र फेसबुकमा रुमल्लिन्थिन्। मैले उनका कुरा अस्वीकार गरेँ भने झपार्थिन्, पिट्थिन्। आफ्ना राक्षसी नङले कोपर्थिन्। मलाई मुड्कीले छातीमा ढुकुढुकु हान्थिन्। यसरी पिट्नुपर्दा उनी मेरा शरीरका नदेखिने ठाउँहरू खोज्थिन्। आइमाईमाथि हात उठाउनु गलत हो भन्ने संस्कारका कारण म उनीमाथि कहिल्यै जाई लाग्थिनँ।  

मैले आफूले आफैंलाई निरीह सोच्न थालेको थिएँ। उनीसँग बच्न सक्ने अन्य कुनै उपाय थिएन। स्वास्नीले मलाई पिटी, म घरेलु हिंसामा परेको छु भन्दै म कहाँ र कसरी न्याय माग्दै हिँडूँ ?

म जहाँ जस्तो अवस्थामा भए पनि तुरmन्त उनको फोन उठाउनु पथ्र्यो। नत्र तिमी कोसँग थियौ? किन जानुपर्यो‍ गाउँका सभा–समारोहमा? किन त्यो संस्थाको सदस्य बनेको? अचम्मका प्रश्न गर्थिन्। म सधैं घरभित्र नै उनको आँखा वरिपरि नै बस्नुपर्ने उनको विधानमा थियो। तर मलाई भने हरेक विधानका पनि आफ्नै सीमा हुन्छन् नि भन्ने लाग्थ्यो। मानौं म उनका लागि एउटा खेलौनाजस्तो थिएँ, जसले हरघडी उनलाई खुसी पार्नु थियो।

घरमा छोराछोरीले गल्ती गरे पनि उनी मलाई नै गाली गर्थिन्। गल्ती उनीहरू गर्थे, दोष मलाई लाग्थ्यो। घरका सामान उनीहरू फुटाउँथे, नाश गर्थे, झगडा मसँग हुन्थ्यो।  

मैले जति नै नराम्रो माने पनि ममाथि गरिने यातना रोकिएन। मैले कसैसँग पनि आफूसँग भएका उत्पीडनका कुरा गर्न सकिनँ। जैविक रूपले म पुरुष थिएँ। यसकारण पनि मैले अरूसामु आफ्नो अस्तित्व जगेर्ना गर्नु थियो। अरूका अगाडि आफ्नो मर्यादामा कसरी आँच आउन दिन सक्थेँ र म?

केही समयपछि उनले मलाई सेक्सोलोजिस्टकहाँ जान आग्रह गरिन्। सायद मैले उनले भनेझैं सन्तुष्टि दिन सकिनँ। विगत दुई महिनादेखि मलाई प्रोस्टेटमा समस्या देखिएको थियो। एकदम पिसाबले च्याप्थ्यो तर ट्वाइलेट छिरेपछि तुरुक्क दुई थोपा मात्र चुहिन्थ्यो। मैले उनीसँग यो कुरा भनेको थिइनँ। यसो त हामीबीचमा त्यस्ता अन्तर्मनका कुरा नै कहाँ हुन्थे र? त्यसको लागि त अन्तर्हृदयदेखि माया जाग्नुप-यो नि।  

चिसो मौसम थियो। मलाई मन्द ज्वरो आउनुका साथै टाउकोमा ढुङ्गो राखेझैं गह्रुङ्गो भएको थियो। मान्छेको नजिक जान मन लाग्दैनथ्यो। आफ्नो मुख आफैंलाई नमीठो र गन्हाएको महसुस भएको थियो। यस्तोमा मैले डाक्टरसामु आफ्ना कुरा कसरी राख्न सक्थेँ र?

अति भएपछि सहन नसकेर मैले उनीसँग डिभोर्स मागेँ, “मलाई छुटकारा देऊ। म अब तिमीसँग बस्न सक्दिनँ।”

जीवनभर उनका लागि दुःख गरेर ढल्कँदो उमेरमा म कसरी एक्लै बाँच्न सक्थेँ र? तैपनि म बाध्य थिएँ। हुनत बाँच्नु नै के थियो र, एउटा मरेतुल्य जीवन जिएको न थिएँ। तैपनि मेरो कुराले उनको मन पग्लन्छ कि भनेर यो प्रस्ताव राखेको थिएँ।

तर सविता त झन् कड्किँदै बोलिन्, “डिभोर्स नै लिने हो भने छोराछोरी मसँगै बस्छन्। केही सम्पत्ति गरिखानका लागि दिउँला अरू केही पाउँदैनौ। ल, जाऊ कहाँ गएर मुद्दा दायर गर्ने हो, गर!”  

फेरि एकछिन एकान्तमा बसेर ठण्डा दिमागले सोचेँ। एक्लो जीवन बिताउन पनि गाह्रो नै छ। बिहे गरूँ भने पनि कसले पत्याउने हो र अब? आधा उमेर गइसक्यो। फेरि आफ्नो सम्पत्ति नभएका बुङ्गासँग को आउन मान्ला ? मलाई त आइमाईको नाम सुन्दै डर लाग्न थालिसकेको थियो। म आत्तिएको थिएँ बेस्सरी। उसमाथि त्यो कहालीलाग्दो यौन–शोषण। उफ् ! कसरी बाँच्नु?

अब मैले मेरो कसैसँग सम्बन्ध हुन्छ, बच्चाबच्ची पनि हुन्छन् भन्ने कुराको आशै मार्न छाडिसकेको थिएँ। अनि के अर्को बिहेको कल्पना गर्नु ? बरू मैले यतिका वर्षसम्म पीडा सहेर चुपचाप बस्नुहुन्नथ्यो भन्ने कुरा बल्ल दिमागमा आउन थाल्यो।  

फेरि पनि मैले उनीसँग एउटा निवेदन गरेँ, “सविता, मलाई तिमीसँगै आनन्दले बाँच्न देऊ यही घरमा हुँदैन?”

“सविता? को सविता? म पहिलेको सविता होइन। बिर्सिदेऊ त्यो नाम। म त इरा हुँ इरा। यदि यो घरमा बस्ने हो भने मैले भनेअनुसार चल्नुपर्छ। यहाँ तिम्रो कुनै रुल चल्नेछैन।”

“इरा... ? मैले त यो नाम कहिल्यै सुनिनँ नि!”

“हो, तिमीले सुन्थेनौ पनि। यो मेरो इजरायली नाम हो। म पहिलाकी सविता होइन। अब त पक्कै बुझ्यौ होला नि .....? कि अझै बुझाउनुपर्छ मैले?”  

उनका कुरा सकिन नपाउँदै मलाई बेस्सरी पिसाब लागेर आयो। हत्तपत्त ट्वाइलेटभित्र छिरेँ । पिसाबभन्दा बढी मेरा आँसु चुहिरहेका थिए।  

०००

चितवनमा बसेर कविता, निबन्ध र कथामा कलम चलाउँदै आएकी शान्ति शर्माको पहिलो कथासंग्रह ‘पहिलो प्रेमिका’ विसं २०६८ मा प्रकाशित भएको थियो। शिखा बुक्सले प्रकाशन गरेको उनको दोस्रो कथासंग्रह ‘ग्रिन टावेल’मा पन्ध्र वटा कथा छन्। यो पुस्तक बन्दाबन्दीपछि सार्बजनिक गरिनेछ।  

प्रकाशित: १४ भाद्र २०७७ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App