छायादत्त न्यौपाने
कक्षा सातका विद्यार्थी,१–निशाको पढ्ने कोठा, २–स्कुल जाँदै बाटो र ३–स्कुलको सभा–कक्ष)
सुनिता– (कोठाभित्र पस्दै) अनिशा, ए अनिशा ! कता छौ ? खोई, कतै देख्दिनँ ।
अनिशा– (अर्कोतिरबाट पस्दै) ए, सुनिता आइसक्यौ तिमी, कति चाँडै ! खै त जितेन्द्र ?
सुनिता– चाँडै रे ! आज रवीन्द्र सरले चाँडै बोलाउनुभा हैन र ? आउँदै छ जितेन्द्र पनि ।
अनिशा – अँ है ! मैले त भुसुक्कै बिर्सेछु ।
सुनिता– तिमी त सधैं बिर्सन्छ्यौ, बिर्सें भनेपछि हाइसन्च, त्यही भएर बिर्सन्छ्यौ हैन ?(सानो हाँसो हाँस्छिन्) ।
अनिशा– (अलिकति असजिलो मान्दै) हैन, त्यस्तो हैन सुनिता, तिमी मलाई अल्छी, काम चोर भन्ठान्छ्यौ हो ?
सुनिता – त्यस्तो हैन, ठट्टा पो गरेकी ! तर तिमी धेरैजसो बिर्सन्छ्यौ त्यो त साँचो हो नि ।
अनिशा – कहिलेकाहीँ त्यस्तो हुन्छ, तिमी कहिल्यै केही बिर्सन्नौ र ?
सुनिता– म कहिल्यै बिर्सन्नँ त कसरी भनूँ । तर, सत्य हो म बिर्सेको नाटक गर्दिनँ । (कुराको सन्दर्भ मोड्दै) अँ, तिमीसँग एउटा कुरा सोधूँ है ?
अनिशा– हँ, कहिलेदेखि अनुमति लिन थाल्यौ तिमीले (अलिकति हाँस्दै) सोधे भइहाल्छ नि !
सुनिता– तिमी कहिलेकाहीँ आमालाई सघाउँदिनौ हो ? म जहिले आउँछु कसैले सघाउँदैन भनेको सुन्छु ।
अनिशा– आमाको बानी त्यस्तै छ, करकर गरिरहनुहुन्छ । तिम्री आमाले भैm अराइसिकाइ गर्नुहुन्न । फेरि आज यस्तो काम छ मिलेर गरौं पनि भन्ने हैन, कसैले सघाउँदैन, एक्लै गर्नुपर्छ, यस्तै कचकचबाट काम सुरु गर्नुहुन्छ । फेरि काम आपैmले भनेजस्तो नभए यसलाई यसरी गर भन्ने पनि हैन कि यस्तो–उस्तो भनेर झर्कन थाल्नुहुन्छ ।
सुनिता– त्यसो भनेर हुन्न कहिलेकाहीँ सघाउँदा आमाबा खुसी हुनुहुन्छ, हामीले काम सिकिन्छ । एकपन्थ दुई काज हुन्छ नि ।
अनिशा– छाड यी कुरा, हिँड, म तयार भएँ । ऊ जितेन्द्र पनि आइपुगे ।
सुनिता– (काँधमा हात राख्दै) किन रिसा’की ? जितेन्द्रले हाम्रा कुरा सुनिरा ?
अनिशा – हैन रिसाको, तिमीले चाँडै जानुछ भनेकी भएर नि !
सुनिता– ए त्यो त हो, खै त सादा पेपर र चाटपेपर ?
अनिशा– ए, हो त है ! झन्डै बिर्सेकी ? बेलैमा सम्झायौ, तिमीलाई धन्यवाद ।
सुनिता– के झन्डै नि , बिर्सेकै थियौ नि ! तिमी साँच्चिकै भुलक्कड (हाहा...!) ।
(आमा, हामी गयौ ंहै भन्दै ढोकाबाट निस्कन्छन् ।)
अनिशा– (फेरि प्रसंग जोड्दै) अँ, तिमी के भन्दै थियौ ?आमाबाबालाई मदत गर्नु राम्रो हो ।
सुनिता – हो नि, हाम्रो मदतले उहाँहरूलाई समयमा काम सक्न सहज हुन्छ । हामी घर व्यवहारका कामकाज सिक्न पाउँछौं । बाआमालाई खुसी मिल्छ ।
अनिशा – हो, मैले सघाउन हुन्न भनेर त कहाँ हो र ? माया गरेर सँगसँगै गराए पो मन लाग्छ सघाउन । सुरुमै गरिनस् र यो भएन, त्यो मिलेन भनेर रिसाउनुहुन्छ । अनि त मनै मरेर आउँछ ।
सुनिता – हुन त हो, बढी करकर सुन्नु परेपछि काममा सहभागी हुन मन लाग्दैन । सघाउ माग्नेले पनि कामप्रति प्रेरित गर्नुपर्ने हो नि, खालि सघाइनस् मात्र भनेर त हुँदैन !
अनिशा– अनि कहिलेकाहीँ आउने काकीहरू छोरी ठूली भइछ, सघाउँछे होला नि भन्नुहुन्छ । यसरी डुलीडुली कुरा काट्न किन परेको ? काकीहरूलाई जस्तो लाग्छ । (तीनै जना मुखामुख गर्छन्) आमा पनि पटक्कै सिन्को भाँच्दिन भनेर आफ्नै छोरीको बदख्वाइँ गर्नुहुन्छ । नसघाए पनि अँ, सघाउँछे भनेर मलाई नैतिक दबाब पो दिनुपर्ने ? थर्काएर गराउँछु भन्ठान्नुहुन्छ कि कुन्नि ? मलाई भने यस्ता कुराले झन् अटेरी बनाउँछन् ।
जितेन्द्र– तिमीहरूले रमाइलो प्रसंगमा कुरा गरेका रहेछौ, मेरो पनि अनुभव छ, बाँडौं ?
दुवै– (जितेन्द्रतिर फर्केर) केको रमाइलो, व्यावहारिक कुरा पनि रमाइलो हुन्छ ? ल, भन के छ तिम्रो अनुभव ।
जितेन्द्र– आमाले एक दिन पचिस रुपियाँ दिएर साग किन्न पठाउनु भो अनि बिस रुपियाँमा दुई मुठा आउँछ मूल्य पनि आपैmले भन्नुभो । मैले पन्ध्र रुपियाँमा ल्याएँ, उहाँले सस्तो रहेछ तीन मुठा ल्याउनुपर्ने भन्नुभो, केही दिनपछि मैले पचिस रुपियाँमा दुई मुठा ल्याएँ । आमाले महँगो रहेछ एक मुठा ल्याउनुपर्ने भन्नुभो । जहिले जे गरे पनि विकल्प दिइहाल्ने ! राम्रो गरिस् त भन्ने बानी छैन । तिमीहरूको कुरा उस्तै लागेर रमाइलो भनेको !
तीनै जना– (अलिकति हाँसेर) हो भन्या, अचम्म गर्नुहुन्छ आमाहरू !
सुनिता– हो है ! हुन त तर जे भए पनि आमाहरूले हामीलाई धेरै माया गर्नुहुन्छ नि ।
अनिशा– गर्नुहुन्छ नि माया त, कति गर्नुहुन्छ कति ! खानेलाउने कुरामा खूब ध्यान दिनुहुन्छ तर त्यही यो गरिनस् त्यो गरिनस् भन्ने, गर्न खोजे यसरी गरौं भनेर नसिकाउने उल्टै भएन भन्यो करायो गर्नुहुन्छ । त्यसैले यसै करकर उसै करकर भन्यो,चूपचाप बस्यो ।
(तीनै जना हाँस्छन्।)
सुनिता– अब त हामी ठूला हँुदै छौं, कसैको यस्तो बानी हुन सक्छ ! हामी बिस्तारै सघाउँदै गयौं भने राम्रो हुन्छ । हामी काम सिक्छांै आमाहरूले चित्त बुझाउनुहुन्छ ।
अनिशा– धन्यवाद सुझावका लागि तर तिमीले आज यस्ता हजुरआमाका कुरा किन गरेकी ? (तीनै जना मुखामुख गरेर हाँस्छन् ।)
सुनिता– एकजना साथीले साथीको भलाइका लागि यति पनि बोल्न नपाउने ?
अनिशा– ल,ल स्कुल आइपुगियो ।
तीनै जना–(सतर्क भई हात जोड्दै) नमस्ते सर !
रवीन्द्र सर– य, नमस्ते, तिमीहरू आइपुग्यौ ? राम्रो भयो समयमा आयौ । ल, यो भित्तेपत्रिका सजाउने काम तिमीहरूको है ।
तीनै जना– (मुखामुख गर्दै) तर हामीलाई सरको मद्दत चाहिन्छ ।
सर– हुन्छ, (कागजहरू देखाउँदै) यहाँ यी कविता,लेख र चित्रहरू छन्, राम्ररी सम्पादन गर अनि यो भित्तेपाटीमा टाँस ल । म पनि यहीँ वरिपरि हुन्छु केही परे भन है ! अँ, आवश्यक परे अरू साथीहरूको सहयोग लिनु र काम सिद्धिएन भने प्रार्थना सभामा पनि नजानू ।
तीनै जना– हवस् सर, हामी कोसिस गर्छौं !
प्रकाशित: ८ भाद्र २०७७ ०६:५७ सोमबार