कला

मालको चाल

लघुकथा

सिइपा श्रीमती हुन् घबुअकी । दुवैको बीचमा ठोसाठोस भइरहन्छ ।  उनीहरू एकदम झगडा गरेका थिए । श्रीमतीले उनलाई भनिन्, ‘जे परे पनि नरिसाउनुस् । बूढाबूढीले भन्छन्, जोडी भाँडिए दशा लाग्छ ।’

– पहिले मन पराएर हिरिक्क गर्नुभयो । कुरा राख्नुभयो । मैले पनि नाइँ भन्न सकिन । अहिले किन यस्तो व्यवहार गर्नुहुन्छ ?

– अब त हाम्रो सम्धीसम्धिनी हुने दिन नजिकिँदै छ । अलिक होस पुरयाउनुपर्छ है अब त ।

– मान्छेका सयौं शत्रु, सयौं मित्रु हुन्छन् । दुनियाँले ‘खाइस्’ भनेर कोखा बजाउने हुनु हुँदैन ।

– बरु थेग्न सक्नु हुन्न भने परै रमाउनुस् । घरै बस्नुपर्छ भन्दिनँ म ।

  श्रीमतीको यो उपदेशवाला कुरा सुनेपछि घबुअ निकै जङ्गिए । उनी भन्न थाले –

– छोरा मान्छे भनेका पित्ले भाँडा हुन्, जति मस्कायो उति चम्किने ।

– तीजमा झैं सधैं मन दुखाएर के गर्नु ? बरु चूपचाप बसे बेस ।

– खान पाकै छ, लाउन पाकै छ । यति भए के चाहियो ?

घबुअ मनमौजी गर्न थाले । साँढेझै मनपरी गर्ने क्रममा घबुअ जेलमा जाकिए । मुद्दामामिलामा फसे अनि सडकमा खसे ।

अचले घबुअ बर्बराउँदै इमानलाई भन्दैछ, ‘घरमा ढंगकी स्वास्नी नभएपछि यस्तै हुँदो रैछ । पहिले तिम्रो घरमा मुसा रुन्थ्यो । अहिले कैको दुख छैन । तिम्री त लच्छिनकी श्रीमती परिछ । मेरी त मुखाले छे  । यही भएर भुइँमा न भाँडामा भइयो ।’

इमानले उसलाई प्रत्युत्तर फर्काए, ‘माल पाएर मात्र के गर्नु, चाल पनि पाउनुपर्छ नि घबुअ । दूूध दिने गाईको लात्ती सहेर सेवा गर्नुपर्छ र पो  दिन्छ दूध ।

प्रकाशित: १३ श्रावण २०७७ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App