कला

नेपथ्यको नेपथ्य-कथा सार्वजनिक हुँदै

नेपाली श्रोता–दर्शकहरूले अत्यधिक मन पराएको सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक नेपथ्य-कथा सार्वजनिक हुँदै छ। पुस्तकको अग्रिम बुकिङ बुधबारबाट नै हुने नेपथ्यले जनाएको छ।  

पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिने बताइएको छ। संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरूको जानकारी पनि यसले समेटिएको छ।  

पुस्तकमा ब्याण्डका उज्याला पक्षहरू मात्र नभई जानीनजानी भएगरेका अँध्यारा पाटाहरू र सिकाइ पनि प्रस्तुत गरिएको छ।

ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ आजसम्म नेपथ्यले अनेक जिज्ञासाहरूको जवाफ दिँदै आएको र नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले दिने बताउँछन्। 'हामीले आजसम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदैआएका छौं,' गुरुङ भन्छन्, 'तर, आजसम्म नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।'

नेपथ्य ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन्।  नेपथ्यको नेपथ्य कथा रहेको, 'नेपथ्य लोकप्रिय यात्राको अन्तरंग' २०२५ को फेब्रुअरी महिनामा सार्वजनिक हुनेछ।  ३५२ पृष्ठको पुस्तकको मूल्य ८१५ रुपैयाँ छ।      

प्रकाशित: १६ पुस २०८१ १७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App