कला

कुन प्रकारको प्रेम सम्बन्धमा छिन् मलाइका अरोडा ?

बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो प्रेम सम्बन्धलाई लिएर अक्सर चर्चामा रहने गरेकी छिन्।  

हालै सामाजिक सञ्जालमा उनले प्रेम सम्बन्धलाई लिएर रहस्यमय पोस्ट गरेकी छिन्। उनले अहिले कस्तो सम्बन्धको छिन् भन्ने कुरा साझा गरेकी हुन्। मेरो अहिलेको अवस्था भनेर तीनवटा विकल्प (इन ए रिलेशनशिप, सिंगल, र हेहेहे) । मलाइकाले हेहेहे विकल्पलाई चिन्ह लगाइन्।  

अर्को एक स्टोरीमा मलाइकाले लेखेकी छिन्, ‘खुसी हुनुको रहस्य यो हो कि तपाई जतिसुकै अनौठो बने पनि गलत मान्छेहरू पार्टी छोडेर सही मान्छेहरू डान्समा सामेल हुनेछन्।’ मलाइका र अर्जुन कपुरको सम्बन्ध प्राय: सञ्चारमाध्यममा चर्चाको विषय बन्छ।  

यद्यपि, दुवैले लामो समयसम्म एकअर्कालाई डेट गरेपनि, ब्रेकअपको खबर पनि आए। मलाइका र अर्जुन लिभ इन रिलेशनशिपमा थिए। अभिनेता अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि मलाइका अर्जुनसँग प्रेममा थिइन्। अर्जुनसँग उनको विवाहबारे अड्कल गरिएपनि दुवैले त्यसबारे केही बोलेका छैनन्। 

प्रकाशित: १० मंसिर २०८१ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App