पप ब्यान्ड वन डाइरेक्शनका प्रसिद्ध गायक लियाम पेनको निधन भएको छ।
अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सस्थित एक होटलको तेस्रो तलाबाट लडेर उनको निधन भएको हो।
बीबीसीका अनुसार ३१ वर्षीय नियामले नसालु पदार्थ र रक्सी सेवन गरेका कारण असन्तुलित हुँदै लडेको हुन सक्ने प्रहरीले बताएको छ।
साथै उनको शरीरमा गम्भीर चोट लागेको र पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ।
वन डाइरेक्शन ब्यान्डले फर एभर योङ्ग, ह्वाट मेक्स यु ब्युटिफुल, स्टोरी अफ माई लाइफ जस्ता पप गीतहरू गाएको छ।
प्रकाशित: १ कार्तिक २०८१ ०८:२७ बिहीबार