कला

चालिसेकाे ‘युगसन्धि’ सार्वजिनक

साहित्यकार विजय चालिसेद्वारा लिखित वैदिक उपन्यास ‘युगसन्धि’ सार्वजनिक गरिएको छ। ऋषि वशिष्ठ र विश्वमित्रबिचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित रहेर उपन्यासलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सार्वजनिक गरेका हुन्।

उपन्यास सार्वजनिकपश्चात् बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर रिसालले नगरपालिकाले साहित्यिक उत्थानमा काम गर्दै आएको बताए। आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष तथा रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबिचको द्वन्द्व समेटिएको उपन्यास सार्वजनिक समारेहमा समीक्षक गोपी मैनालीले ‘युगसन्धि’ ले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको बताए।

त्यस्तै अर्का समीक्षक प्राडा ज्ञानू पाण्डेले उपन्यास पाठकका मनमा अनेकौं गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको बताइन्। कार्यक्रममा डा. ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको आजको अवस्थामा चालिसेले ‘युगसन्धि’ लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए। 

प्रकाशित: १७ आश्विन २०८१ ०८:२० बिहीबार

# Muktak # Laghukatha Samaj Nepal # Upaniyas