कला

निःसहाय आमाबालाई तीजको दर

पार्टी प्यालेसमा भेला भएर तीजको दर ख्वाउने र नाचगान गर्ने परिपाटीलाई हिजोआज परिष्कार गर्दै लगिएको पाइन्छ। यसैक्रममा एमाले बागमती सम्पर्क कमिटीले पनि नयाँ तरिकाले तीज विशेष कार्यक्रम गरेको उपाध्यक्ष सरोजमोहन लामाले जानकारी दिए।

 काठमाडौंको नयाँ बानेश्वरस्थित ज्येष्ठ नागरिक आवास गृहले संचालन गरेको निःसहाय सेवा सदनका आमाबुवाहरूलाई दरका रूपमा खाना ख्वाएर कमिटीले तीज विशेष कार्यक्रम गरेको उनले बताए।

कमिटीका अध्यक्ष अशोककुमार ठकुरीको अध्यक्षतामा महिला विभागको व्यवस्थापनमा शुक्रबार सहाराविहीन बाआमालाई आश्रय दिँदै आएको उक्त संस्थाका करिब तीन सय बाआमालाई तीजको खाना खुवाइएको उनले बताए।

‘तीजको दर भनेर बेसहारा बाआमालाई खाना खुवायौं। उहाँहरू अति खुसी हुनुभयो। सहाराविहीन बाआमाले छोराछोरी आएजस्तै व्यवहार गर्दा हामी भावविभोर भयौं,’ उनले भने, ‘ती बाआमालाई निःसहाय सेवा सदनले आश्रय दिएको रहेछ। नौलो तरिकाले तीज मान्ने उद्देश्य लिएको हुँदा हामी त्यहाँ पुग्यौं।’

कार्यक्रममा आमाबुवाहरूलाई नचाएर खुसी बाँड्ने प्रयास गरिएको उनले बताए।

उक्त कार्यक्रममा एमाले नेताहरू लालबाबु पण्डित, सरस्वती बस्नेत, कल्पना थापा, श्याम बस्नेत, रणकुमारी बलम्पाकी मगरलगायतको उपस्थिति थियो। सोही अवसरमा महिला दिदीबहिनीलाई पनि दर खुवाइएको थियो।

प्रकाशित: १५ भाद्र २०८१ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App