कला

सिर्जनको तीज गीत 'पूर्व खोज्छु पश्चिम फालेर' सार्वजनिक, प्रभात र रुवीनाको रोमान्स (भिडियोसहित)

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गरेका छन्।

तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको बेलामा यसपटक 'पूर्व खोज्छु पश्चिम फालेर' बोलको तीज गीत सार्वजनिक भएको छ। नजिकिँदै गरेको तीजलाई लक्षित गरेर सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको स्वर रहेको छ। 

नेपमेलोसँगको सहकार्यसँगै  जेरी भण्डारीले निर्देशन गरेको भिडियोमा अहीलेका चर्चित अनुहार प्रभात पल ठकुरी र रुवीना अधिकारीलाई फिचरिङ गरिएको छ। भिडियो हेर्दा बुढा र बुढीको नोकझोकका शब्दलाई भिडियोमा देख्न सकिन्छ। 

भिडियो बुद्ध थापाले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक भण्डारी स्वयंको रहेको छ। यस गीतमा शब्द तथा लय समीर आचार्यको छ भने म्युजिक प्रोडक्सन नेपमेलो म्युजिकको रहेको छ। भिडियोलाई सुजन कोइरालाले सम्पादन र कलरिङ गरेका हुन्। 

अष्ट्रेलियामा बस्ने सर्जक तथा निर्माता खरेलले यो पटकको तीजमा यो गीतले विशेष रंग भर्ने आशा व्यक्त गरेकी छिन्। तीज नृत्यका लागि पनि यो गीत उपयोगी हुनेगरी एरेन्ज गरिएको संगीतकारले बताएका छन् ।

प्रकाशित: ६ श्रावण २०८१ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App