कला

बल्ल आयो प्रेमको नशा

लामो पर्खाइपछि बल्ल नेपाली सांगीतिक जगतमा नौलो आयाम लिएर शास्त्रीय संगीत साधक संगीत गुरु गुरुदेव कामत अत्यन्तै सुमधुर र कर्णप्रिय गजल ‘प्रेमको नशा’ लिएर आएका छन्।

स्रष्टा चन्द्रलाल तामाङको शब्द रहेको उक्त गजलमा संगीत तथा स्वर गुरुदेव कामतको रहेको छ। भिडियोमा गुरुदेवका साथ हिस्सी शाह, साइट तबला राजेश मल्लिक, साइट तानपुरा मीना कर्मचार्य र साइट बाँसुरी स्वस्थानी पराजुलीको रहेको छ।

एरेन्जर विशाल निरौला, मिक्सिङ/ मास्टरिङ रन्जन राई, छायांकन लक्ष्मी भुजेल, शृंगार अन्जिता विश्वकर्मा र निर्देशक विष्णु जिसीको रहेको भिडियो गुरुकुल संगीत पाठशाला डिल्लीबजारमा एक समाराेहबीच लोकार्पण गरिएको थियो।

आकार इन्टरटेन्मेन्ट मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, भारतीय राजदूतावास सांस्कृतिक विभाग प्रमुख सतेन्द्र दयाल, वरिष्ठ गीतकार विवि थापा, गायक तथा प्रशासक डा. शैलेशकुमार मिश्र, गायक तथा संगीतकार सन्तोष सानु लगायतकाे उपस्थिति रहेको थियो।

प्रकाशित: १८ मंसिर २०८० ०३:१८ सोमबार

अक्षर