कला

रणवीरको 'एनिमल' ले दुई दिनमा कमायो १३१ करोड

गत शुक्रबारदेखि रणवीर कपूर अभिनीत फिल्म 'एनिमल'  प्रदर्शन भइरहेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बक्स अफिसमा रणवीर कपूरको 'एनिमल' ले आक्रामक कमाइ गरिरहेको छ। फिल्मले दुई दिनमा १३१ करोड ७ लाख भारू कमाइ गरेको छ।

६३ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्म 'एनिमल' ले दोस्रो दिन ६७ करोड २७ लाख भारू कमाएको छ। हिन्दी संस्करणमा ५४ करोड ७५ लाखमा ओपनिङ गरेसँगै एनिमल सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म 'एनिमल' मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ।

प्रकाशित: १७ मंसिर २०८० ०८:२१ आइतबार

रणवीर कपूर 'एनिमल'