कला

सत्ताइस खाले प्रेम

यस्ताे पनि!

फाइल तस्वीर।

फिन्लयान्डमा अल्टो युनिभर्सिटीको शोधकर्ताहरूले शरीरको यस्तो नक्सा बनाएका छन्, जसले बेग्लाबेग्लै प्रेमको महसुस गराई त्यसको तीव्रता देखाउँछ। यो नक्सा बनाउन सयौं मानिसमा गरिएको सर्भेको तथ्यांक प्रयोग गरिएको दाबी छ। उनीहरूका अनुसार खासमा मानिसहरूले २७ किसिमका फरक प्रेम अनुभूति गर्ने गर्छन्। उदाहरणका लागि रोमान्टिक प्रेम, यौनिक प्रेम, आमाबाबुको प्रेम, साथीभाइको प्रेम, अज्ञात व्यक्तिहरूको प्रेम, प्रकृति प्रेम, ईश्वरीय प्रेम तथा आफैंप्रतिको प्रेमजस्ता अनुभूति शरीरले अनुभूत गर्ने गर्छ।

शोधका बेला सहभागीहरूलाई सोधिएको थियो वास्तवमा उनीहरू बेग्लाबेग्लै किसिमको प्रेम अनुभूत गर्छन् कि गर्दैनन्? गर्छन् भने त्यसका मानसिक तथा शारीरिक रूपमा तीव्रता कस्तो महसुस हुन्छ? यसको उत्तरका आधारमा शोधकर्ताहरूले प्रेमको फरकपना छुट्याएका हुन्। यो अध्ययन फिलोसोफिकल साइकोलोजीमा प्रकाशित छ। अध्ययनका संयोजक पार्टिली रिने भन्छन्, ‘नजिक भएका व्यक्तिहरूका भाव ज्यादै तीव्र महसुस हुन्छन्।’

सर्भेमा सहभागी हुने महिलाहरूलाई शरीरमा प्रेमिल भाव महसुस गर्नुहुन्छ भने कस्ताकस्ता भाव कहाँकहाँ गर्नुहुन्छ भनी चित्र बनाउन लगाइएको थियो। उनीहरूले महसुस गराई शारीरिक र मानसिक रूपमा अलग तरीकाले गरेका थिए। महसुस गराई सुखद् कति थियो कि थिएन भन्ने उनीहरूले व्यक्त गरेका थिए। पछि प्रेमको प्रकार र नजिकपनालाई उनीहरूलाई नम्बर दिन लगाइयो।

रिने भन्छन्, ‘एक अर्कासँग ज्यादै नजिक भएकाहरूले यौनिक तथा रोमान्टिक प्रेम भएको महसुस गरे। प्रेम महसुस गर्नेहरूले शरीरका भिन्दा भिन्दै ठाउँमा महसुस गर्ने बताए। जस्तो कि केही प्रेमको अवसर छातीमा हुन्छ। अनि अन्य प्रेमको महसुस शरीरका अन्य अंगमा पनि महसुस गर्ने गरिन्छ।’

भावनाको सम्बन्ध र मानसिक तीव्रता तथा यसको सुखद् महसुस गराइका बीच सिधासिधा शारीरिक र मानसिक सम्बन्ध रहन्छ भन्ने थाहा पाउनु पनि निकै रोचक कुरा भएको रिने बताउँछन्। ‘प्रेमको महसुस शरीरमा जति बढी हुन्छ, त्यति नै बढी मानसिक रूपमा महसुस गरिन्छ र यो बढी सुखद् हुन्छ भन्ने देखिन्छ,’ उनी भन्छन्।

उनका अनुसार जब हामी तीव्र महसुस गराइयुक्त प्रेमभन्दा कम तीव्रयुक्त प्रेम महसुस गर्छौ, त्यसबेला  छातीमा उत्तेजनामा लगातार कमजोर हुँदै जान थाल्छ। सायद यस्तो यस कारणले हुन्छ कि अन्जान व्यक्तिका लागि प्रेम सोचविचारका साथ गरिन्छ। त्यसैले त्यस्तोमा सुखद् महसुस गराइको अनुभव कम हुन्छ। त्यस्तो प्रेममा टाउकोमा बढी असर पार्छ।

प्रेममा सांस्कृतिक फरकपनाले पनि ठूलो र अहं भूमिका खेल्ने गर्छ। यही अध्ययन धार्मिक समुदायमा भएकाे भए ईश्वरका प्रति महसुस गरिने प्रेम बढी तीव्र हुन्थ्यो। यस्तै आमाबाबुको प्रेम आफ्ना सन्तानका लागि सबैभन्दा बढी महसुस गरिन्थ्याे।

प्रकाशित: ११ मंसिर २०८० ०४:३० सोमबार

अक्षर