कला

कवि सयपत्री थुलुङको ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

सम्भव समूहले कवि सयपत्री थुलुङको कवितासंग्रह ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण गरेको छ।

वरिष्ठ कवि एवं प्राज्ञ श्रवण मुकारुङ, ज्योति जङ्गल, उत्तम लिम्बू र कवि थुलुङले संयुक्त रूपमा ‘गाउँ फर्किरहेको परदेशी’ कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले कलात्मक र वैचारिक दुवै दृष्टिले थुलुङका कविताहरू उत्कृष्ट रहेको बताए।

कवि थुलुङले आफू वैदेशिक रोजगारीकाे क्रममा परदेश रहँदाकाे अनुभूति सँगालेर कविता लेखेकाे र कविता एकान्तकाे भरपर्दाे साथी भएकाे बताइन्।

यसअघि २०७० सालमा कवि थुलुङकाे ‘शान्तिको फूल’ गजलसङ्ग्रह प्रकाशित भएको थियो।

प्रकाशित: १० मंसिर २०८० ०६:२० आइतबार

अक्षर