कला

अस्ताए साहित्यकार एसपी आशा

साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बुधबार उपचारका क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो।

२००० साउन १५ गते जन्मिएका एसपीका नेपाली इतिहासमाथि विभिन्न कृतिहरू प्रकाशित छन्। उनका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ‘चित्कार’ र ‘सेरोफेरो’ उपन्यास प्रकाशित भएका छन्।

२०७९ सालमा उनका नामबाट ‘आशा प्रज्ञान केन्द्र’ स्थापना भएको थियो।  उक्त केन्द्रले गत वर्ष साहित्यकार घिमिरेको स्मृतिग्रन्थ प्रकाशन गरेको थियो।

नेपालसहित भारत, क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलिया लगायत देशमा शाखा रहेको केन्द्रले साहित्यकार घिमिरेका कृति प्रकाशन गर्दै आएको छ।

साहित्यकार घिमिरेका ‘यथार्थ’ कवितासङ्ग्रह, ‘विद्यालय लेखा प्रणाली’, ‘पृथ्वीनारायण शाह’, ‘बिपी स्मृति ग्रन्थ’, ‘अरनिको’ कथासङ्ग्रह, ‘हिन्दु संस्कृतिका वैज्ञानिक पक्ष’, ‘हामीले कसरी प्रजातन्त्र ल्यायौं’, ‘लोकतन्त्रअघिको महाभारत’, ‘नेपालको पहिलो कोत पर्व’, ‘नीतिका कुरा’, ‘बुद्ध’, ‘लमजुङे बाघ’, ‘कोसेली’, ‘छ्यासमिस’, ‘गंगालाल’, ‘नखाएको विष’, ‘धुम्वाफेवा र भृकुटी’ नाटक, ‘पौराणिक छन्दविधान’, ‘सूर्यकमल दन्त्यकथामा आधारित’ कृतिसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित भएका छन्। घिमिरेका श्रीमती र तीन छोरी छन्।

प्रकाशित: २ मंसिर २०८० ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App