कला

नेपालभाषा चिबाखं साहित्य समूहको भेटघाट

लघुकथाको विकास एवं विस्तारको लागि फेसबुक पेजमा संचालित नेपालभाषा चिबाखं साहित्य समूहले स्रष्टाहरू बिच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। अनौपचारिक रूपमा संचालित सो कार्यक्रममा स्रष्टाहरू बिच लघुकथा लेखन र त्यसका विविध पक्षमाथि विमर्श पनि गरिएको थियो।

कार्यक्रममा वरिष्ठ स्रष्टा ध्रुव मधिकर्मीले चुनौतीपूर्ण बन्दै गइरहेको लघुकथा लेखनमा गम्भीरता आवश्यक रहेको भन्दै स्रष्टाहरू बिच यसप्रकारको भेला र विमर्शले लेखनमा ऊर्जा प्राप्त हुने बताए।

समूहका संयोजक नरेश अमात्यले फेसबुक संजालको माध्यमबाट लघुकथाको विकासका लागि केकस्ता कार्य गर्न सकिन्छ भन्नेबारे महत्वपूण सुझाव आएको बताए।

समूहका सदस्य रीता महर्जनले कार्यक्रममा नयाँ पुराना सबैजसो स्रष्टाहरूको सहभागिताले एक आपसलाई चिन्ने र बुझ्ने अवसर मिलेको बताए।

कार्यक्रमममा तुलसी साय्मी, नवीना श्रेष्ठ, मनोजराज कायस्थ, पौभा साय्मी, शान्ता शाक्य, राजा बज्राचार्य, शान्तराज शाक्यले शुभकामना तथा आफ्ना विचार राखेका थिए।

कार्यक्रममा स्रष्टाहरू- भूषणप्रसाद श्रेष्ठ, केदार सितु , महेशमान डंगोल, दिव्या बज्राचार्य, विमल ताम्रकार, सुरेश प्रधान, तुयु पुं, सुधीर ख्वबि, विमलप्रभा बज्राचार्य, धर्म राजकर्णिकार, पूर्णिमा शाक्य, अन्जना ताम्रकार, रेणु श्रेष्ठ, राजेश्वरी राजोपाध्याय, रासा, सुरेन्द्रलाल भुजू विजयरत्न असंबरे, मीना बज्राचार्य, किशोर धुसः बलराम श्रेष्ठ, शाक्य मिलन र कविन्द्रलाल प्रधान लगायतका साठी भन्दा विविध विधाका स्रष्टाहरूले सहभागिता जनाएका थिए।

प्रकाशित: २२ कार्तिक २०८० ०७:२७ बुधबार

अक्षर