कला

बुद्धिसागरले ल्याए ‘उसले दिएको उमेर’

लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ बजारमा आएको छ। उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति सार्वजनिक गरेका हुन्।

‘एउटा पुुस्तक प्रकाशन भएपछि नयाँ पुस्तक कहिले आउँछ भनी पाठकहरूले प्रश्न गर्छन्। यसअघि मैले दुईतीन वर्षको अन्तरालमा पुस्तक ल्याउने गर्थें तर यसपालि आफैलाई मनपरेका केही संस्मरणलाई पुस्तकमा उतारेको छु,’ लेखक बुद्धिसागरले भने, ‘यो कृति जीवनका केही स्मृति समेटेर आएको छ,जसलाई पाठकमाझ साझा गरेको छु।’

एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन। उसले अनेक तितामिठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ। पुस्तक ‘उसले दिएको उमेर’मा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन्। लेखक भन्छन्, ‘साइकल सिक्दा गोडामा लागेका खत अझै छन्। सोच्छु-हरेक सिकाइका खत कहींकतै रहिरहन्छन्, कुनै देखिन्छन्, कुनै देखिँदैनन्।’

तसर्थ यो पुस्तक लेखकको स्मृति मात्र होइन, उनले सुनाउन चाहेका खत हुन्।

पुस्तक ‘उसले दिएको उमेर’ मा बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ। ‘उसले दिएको उमेर’ बुद्धिसागरको पाँचौं कृति हो। यसअघि उनका ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि ‘बुद्धिसागरका कविता’ कवितासङ्ग्रह प्रकाशित छन्। 

प्रकाशित: २७ आश्विन २०८० ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App