कला

लम्सालको ‘मिडिया, महिला र म’ सार्वजनिक

पत्रकार अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण भएको छ। प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापकद्वय पी. खरेल र सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा लेखक लम्सालले क्यान्सरबाट पीडित भएका कारण पुस्तक प्रकाशनमा ढिलाइ भएको बताउँदै क्यान्सर लाग्दा आफ्नो र परिवारको भन्दा प्रकाशनको तयारीमा रहेको पुस्तकको माया लागेको बताइन्।

‘मलाई परिवारको भन्दा पनि पुस्तक प्रकाशित गर्न पाउँदिन कि भन्ने चिन्ता भएको थियो,’ हालै क्यान्सरमुक्त भएकी उनले भनिन्, ‘तपाईंहरूसामु पुस्तक लोकार्पण गर्न पाउँदा खुसी छु।’

लेखक लम्सालले प्रस्तुत पुस्तकमा २०४६ को जनआन्दोलनपछि आफैले देखेभोगेको महिलाको हक–अधिकार, मिडियामा महिलाको सहभागिता, महिलाको मुद्दाका कुरा समेटेको बताइन्। पुस्तक अक्षर क्रिएसन्स नेपालले प्रकाशन गरेको हो।

प्रकाशित: २७ आश्विन २०८० ०१:३३ शनिबार

अक्षर