कला

‘भैरव अल्फा साइन्स’को लोकार्पण

ललितपुर महानगरपालिकद्वारा आयोजित कार्यक्रममा ‘भैरव अल्फा साइन्स’ को लोकार्पण भएको छ।

प्रमुख अतिथि नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल कोफ्ट, युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेदागान्गोदा लेवे, ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले संयुक्त रुपमा अंग्रेजी लिखित नृत्य नोटेशनको पुस्तक सार्वजनिक गरेका थिए।

यसअघि भैरवबहादुर थापाले नृत्याक्षर विज्ञान नेपाली भाषामा लेखेका छन्। उनले यो पुस्तक ६५ वर्ष लगाएर लेखेको बताइन्छ। यो नोटेशन पुस्तक लेखेपछि थापालाई मदन पुरस्कारबाट जगदम्बा श्री सम्मान पनि प्रदान गरिएको छ।

कार्यक्रममा थापाले परिकल्पना गरेको मयुर नृत्य थापाका चेलाले प्रस्तुत गरेका थिए।

पुस्तक लेकार्पण पूर्व थापाको सांस्कृतिक गतिविधि र डान्स नोटेशनबारे वृतचित्र पनि देखाइएको थियो।

यो पुस्तक सम्पादन र अंग्रेजी अनुवाद चेतन कार्कीले गरेका हुन्। सो कार्यक्रममा चेतन कार्कीलाई सम्झिदै मौनधारण पनि गरिएको थियो।

भैरवबहादुर थापाले चीन, भारत, बेल्जियम र फ्रान्समा सांस्कृतिक नेतृत्व गरी नेपाली कला प्रस्तुत गरिसकेका छन्।

९१ वर्षीय भैरवबहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘आज विमोचन भएको ‘भैरव अल्फा साइन्स’ भनेको विश्वकै नृत्य उपयोगी डान्स नोटेसन हो। अर्थात् नृत्याभिनयकै व्याकरण भएको डिक्सनेरी (कोश) पनि हो।’

प्रमख अतिथि माइकल क्रोफ्ट्ले भने, ‘९१ वर्षीय भैरवबहादुर थापा नै हेरिटेज हुनुहुन्छ। त्यसमा पनि मेरो युनेस्को  हेड्क्वाटरमा नै पुगेर कला प्रस्तुति दिनु भएको जानकारी पाउँदा झनै खुशी लागेको छ। उहाँको कामबाट म प्रभावित भएको छु।’

युनडिपीको प्रतिनिधि लेवेले भने, ‘यो अद्भुत काम गर्ने थापा गुरुको कामको प्रशंसा गर्दछु। इसले सबैको ध्यान जानेछ। उहाँको दिर्घायूको कामना गर्दछु।’

कार्यक्रम आयोजक ललितपुर महानगरपालिका रहेको थियो।

कार्यक्रममा वरिष्ठ निर्देशक गीतकार यादव खरेल, निर्देशक एवं संचारकर्मी प्रकाश सायमी,संगीतकार राजु सिंह, साहित्यकार मुरारि सिग्देल, गायिका रोजी श्रेष्ठ, साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरे, शिक्षिका चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, विमला प्रधान लगायतका विशिष्ट अतिथिको उपस्थित रहेको थियो।

प्रकाशित: १५ आश्विन २०८० ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App