कला

सौरभ ज्योतीको गीत ‘छ जी’ सार्वजनिक

ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ  जी’ बोलको गीत सार्वजनिक गरेका छन।उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन्। ‘छ  जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन्।

ज्योतीले एक वर्ष सम्म मन मस्तिष्क लगाएर रचेको ‘छ  जी’दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ। नेवारी भाषामा भएता पनि यसको हृदयस्पर्शी धुन र भिडियो मार्फत सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने विश्वास लिइएको छ।  

एउटा कलाकारको रुपमा ज्योती यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका छन जसले संगीत प्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ।त्यसैगरी,  यसै भिडियो मार्फत मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन।

यस गितलाई जेम्स प्रधानले रचना तथा प्रडक्सन गरेका हुन ।संगीत प्रेमीहरूको लागि पहुँच योग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेट फर्महरूमा उपलब्धछ गराइएको छ। 

प्रकाशित: ७ श्रावण २०८० ११:३४ आइतबार

सौरभ ज्योतीको गीत ‘छ जी’ सार्वजनिक